Surakshya Rastriya Dainik
शनिबार, १९ सेप्टेम्बर २०२६
ट्रेण्डिङ

कोहलपुर, बाँके । काठमाडौं विश्वविद्यालय, शिक्षाशास्त्र संकायअन्तर्गत सञ्चालित पुस्तकालयसम्बन्धी परियोजनाका प्रमुख तथा संकायका उपप्रमुख डा. शेषकान्त पंगेनीको नेतृत्वमा आएको टोलीले ज्ञानोदय सामुदायिक पुस्तकालय तथा स्रोत केन्द्र, कोहलपुर–११, बाँकेको अवलोकन गरेको छ।

अवलोकन टोलीमा केशर पुस्तकालयका प्रमुख प्रदीप भट्टराई, सामुदायिक पुस्तकालय संघका महासचिव राजेन्द्र पाण्डेय र पुस्तकालय परियोजना संयोजक प्रतिभा राई सहभागी थिए।

टोलीलाई ज्ञानोदय सामुदायिक पुस्तकालय तथा स्रोत केन्द्रका अध्यक्ष एकराज शर्माले स्वागत गर्दै पुस्तकालयको स्थापना, उद्देश्य, वर्तमान अवस्था, सेवा तथा विभिन्न गतिविधिबारे जानकारी गराएका थिए। उनले स्थानीय समुदायमा पुस्तकालयले पुर्‍याउँदै आएको शैक्षिक, सूचनामूलक तथा सामाजिक योगदानबारे समेत टोलीलाई अवगत गराए।

अवलोकनका क्रममा टोलीले पुस्तकालयका विभिन्न कक्ष तथा सेवा क्षेत्रको निरीक्षण गर्दै पुस्तकालयको भौतिक अवस्था, सेवा प्रवाह, पाठक सहभागिता तथा आगामी विकासका सम्भावनाबारे जानकारी लिएको थियो।

सो क्रममा काठमाडौं विश्वविद्यालयको पुस्तकालय परियोजनामार्फत पुस्तकालयको स्तरउन्नति, सेवा विस्तार तथा संस्थागत सुदृढीकरण गर्ने विषयमा पुस्तकालयका पदाधिकारीसँग छलफलसमेत भएको थियो।

छलफलमा स्थानीय समुदायमा पुस्तकालयको भूमिकालाई थप प्रभावकारी बनाउने, पाठक सेवा विस्तार गर्ने, शैक्षिक तथा सूचना स्रोतको विकास गर्ने र पुस्तकालयलाई आधुनिक प्रविधिमैत्री सेवासँग जोड्ने विषयमा विचार–विमर्श भएको पुस्तकालयले जनाएको छ।

सो अवसरमा ज्ञानोदय सामुदायिक पुस्तकालय तथा स्रोत केन्द्रद्वारा प्रकाशित ‘ज्ञानोदय’ अंक १ र २ अवलोकन टोलीका सदस्यहरूलाई उपहारस्वरूप प्रदान गरिएको थियो।

काठमाडौं विश्वविद्यालयको पुस्तकालय परियोजना टोलीको अवलोकन तथा छलफलले ज्ञानोदय सामुदायिक पुस्तकालयको आगामी विकास, सेवा विस्तार र संस्थागत सुदृढीकरणका लागि सहकार्यको सम्भावना थप फराकिलो भएको पुस्तकालयले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

सम्पर्क जानकारी
Surakshya Rastriya Dainik Media Pvt. Ltd. | दर्ता नं.: 4290-2080/2081 | Banke | +977 9768462390 | surakshyarastriyadainik@gmail.com | विज्ञापन: marketing@surakshyarastriyadainik.com
हाम्रो टोली
प्रधान सम्पादक
सुरेश शाही
अध्यक्ष
सुर्य तिवारी
प्रमुख कार्यकारी
अपडेट हुँदै छ...
सम्पादक
अपडेट हुँदै छ...
निर्देशक
अपडेट हुँदै छ...
Copyright © 2026 Surakshyarastriyadainik Media Pvt. Ltd. All Rights Reserved.
Design & Developed by: E-Imagine Infotech