Tuesday, November 24, 2026

 

काठमाडौं । सादा पोसाकका प्रहरी भएको भन्दै स्वास्थ्य क्लिनिकमा धाकधम्की दिएर काउन्टरमा रहेको नगद लुट्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा चन्द्रागिरी नगरपालिका–२ बसुन्डोलका ३१ वर्षीय रोशन सुखेती र २६ वर्षीय संजय बिसुंखे रहेका छन् । उनीहरूलाई प्रहरी वृत्त थानकोटको टोलीले असोज ५ गते बसुन्डोलबाट पक्राउ गरेको हो ।

प्रहरीका अनुसार असोज १ गते साँझ करिब ६ः४० बजे उनीहरू चन्द्रागिरी नगरपालिका–७ थानकोटस्थित एक स्वास्थ्य क्लिनिकमा प्रवेश गरेका थिए । आफूहरू सादा पोसाकका प्रहरी भएको दाबी गर्दै उनीहरूले मेडिकल अनुगमनका लागि आएको बताएका थिए ।

क्लिनिक सञ्चालकलाई डर–त्रास र धाकधम्की देखाएर औषधि बिक्रीबाट काउन्टरमा जम्मा भएको नगद रकम लुटेर उनीहरू फरार भएका थिए ।
घटनापछि अनुसन्धानमा जुटेको प्रहरीले उनीहरूलाई पक्राउ गरेको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एवं प्रहरी उपरीक्षक दानबहादुर थापाले जानकारी दिए ।अनुसन्धानका क्रममा दुवै जना नागढुंगा सुरुङमार्ग आयोजनामा कार्यरत रहेको खुलेको प्रहरीले जनाएको छ । उनीहरूले आयोजनामा आफ्नो जिम्मामा रहेको सञ्चार उपकरणलाई प्रहरीको उपकरणका रूपमा दुरुपयोग गरी लुटपाटमा प्रयोग गरेको समेत खुलेको छ ।पक्राउ परेका दुवै जनाविरुद्ध आपराधिक लाभसम्बन्धी कसुरमा काठमाडौं जिल्ला अदालतबाट चार दिनको म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

सम्पर्क जानकारी
Surakshya Rastriya Dainik Media Pvt. Ltd. | दर्ता नं.: 4290-2080/2081 | Banke | +977 9768462390 | surakshyarastriyadainik@gmail.com | विज्ञापन: marketing@surakshyarastriyadainik.com
हाम्रो टोली
प्रधान सम्पादक
सुरेश शाही
अध्यक्ष
सुर्य तिवारी
प्रमुख कार्यकारी
अपडेट हुँदै छ...
सम्पादक
अपडेट हुँदै छ...
निर्देशक
अपडेट हुँदै छ...
Copyright © 2026 Surakshyarastriyadainik Media Pvt. Ltd. All Rights Reserved.
Design & Developed by: E-Imagine Infotech