Surakshya Rastriya Dainik
शुक्रबार, ९ अक्टोबर २०२६
ट्रेण्डिङ

कोहलपुर । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा बाँके प्रतिनिधि सभा क्षेत्र नं. १ बाट पेशागत विषयविज्ञतर्फ केन्द्रीय महाधिवेशन प्रतिनिधि उम्मेदवारका रूपमा वरिष्ठ चार्टर्ड एकाउन्टेन्ट विश्व राम भण्डारीले आफ्नो उम्मेदवारी प्रस्तुत गरेका छन्।
भण्डारीले आफ्नो उम्मेदवारीलाई व्यक्तिगत आकांक्षाभन्दा पनि पेशागत विज्ञता, आर्थिक सुशासन, पारदर्शिता र संस्थागत सुधारलाई पार्टी संगठनसँग जोड्ने प्रयासका रूपमा अघि सारेका छन्।
उनले सार्वजनिक गरेको चुनावी अपिलमा पारदर्शी वित्तीय व्यवस्थापन र जवाफदेहिता, तथ्य तथा अनुसन्धानमा आधारित नीति निर्माण, सुशासन, आन्तरिक नियन्त्रण तथा संस्थागत सुधारलाई प्राथमिकतामा राखिएको छ।
त्यस्तै, युवा तथा पेशागत विज्ञको प्रभावकारी सहभागिता, उद्यमशीलता, लगानी तथा रोजगारी प्रवर्द्धन, आर्थिक तथा कर नीतिमा व्यावहारिक सुधार र प्रविधिमैत्री, पारदर्शी तथा आधुनिक पार्टी संगठन निर्माणलाई पनि आफ्नो प्राथमिक एजेन्डाका रूपमा भण्डारीले प्रस्तुत गरेका छन्।
वरिष्ठ चार्टर्ड एकाउन्टेन्टका रूपमा रहेको आफ्नो पेशागत अनुभवलाई पार्टीको नीति निर्माण र आर्थिक व्यवस्थापनमा उपयोग गर्ने उद्देश्य रहेको भण्डारीको अपिलमा उल्लेख छ।
उनको उम्मेदवारीको मूल सन्देश “पेशागत विज्ञता, आर्थिक सुशासन र जिम्मेवार नेतृत्व” रहेको छ। उनले बाँके क्षेत्रका प्रतिनिधिहरूसँग समर्थन तथा सहयोगका लागि अपिलसमेत गरेका छन्।
नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा विभिन्न पेशा, क्षेत्र र समुदायबाट प्रतिनिधित्वको बहस भइरहेका बेला भण्डारीको उम्मेदवारीले पेशागत विज्ञता र आर्थिक व्यवस्थापनको विषयलाई पार्टीको सांगठनिक तथा नीतिगत बहससँग जोड्ने प्रयास गरेको देखिन्छ।
भण्डारीले आफू निर्वाचित भएमा पेशागत विज्ञको अनुभवलाई पार्टीको नीति निर्माण, आर्थिक अनुशासन, संस्थागत पारदर्शिता र संगठन सुधारका क्षेत्रमा प्रभावकारी रूपमा उपयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

सम्पर्क जानकारी
Surakshya Rastriya Dainik Media Pvt. Ltd. | दर्ता नं.: 4290-2080/2081 | Banke | +977 9768462390 | surakshyarastriyadainik@gmail.com | विज्ञापन: marketing@surakshyarastriyadainik.com
हाम्रो टोली
प्रधान सम्पादक
सुरेश शाही
अध्यक्ष
सुर्य तिवारी
प्रमुख कार्यकारी
अपडेट हुँदै छ...
सम्पादक
अपडेट हुँदै छ...
निर्देशक
अपडेट हुँदै छ...
Copyright © 2026 Surakshyarastriyadainik Media Pvt. Ltd. All Rights Reserved.
Design & Developed by: E-Imagine Infotech