बाँके । नेपालगन्ज उपमहानगरपालिका–१४ भवनीयापुरबाट प्रहरीले २ सय ८० ट्याब्लेट ट्रामाडोलसहित एक युवकलाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा जाजरकोटको भेरी नगरपालिका–३ का १९ वर्षीय शंकर शाही रहेका छन्।


जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको प्रहरी टोलीले सोमबार दिउँसो भवनीयापुरबाट शाहीलाई नियन्त्रित लागूऔषध ट्रामाडोलसहित पक्राउ गरेको जनाएको छ।
प्रहरीका अनुसार पक्राउ परेका शाहीको साथबाट २ सय ८० ट्याब्लेट ट्रामाडोल बरामद गरिएको हो।
घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ।






