Thursday, October 22, 2026

ताजा अपडेट

सीआईबी र श्रीमती संघको असुली धन्दाको चाँडै नै पर्दाफास गर्ने खगेन्द्र सुनारको घोषणा

काठमाडौं । संसदमा निर्वाचन प्रहरीको पोशाक खरिदमा भएको घोटालाको छानविन चलिरहेको बेला सत्तारुढ रास्वपाका सांसद खगेन्द्र सुनारले सिआइबी र श्रीमती संघको असुली धन्दाको चाँडै नै पर्दाफास गर्ने घोषणा गरेका छन् ।सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै सुनारले उक्त विषयमा आफ्नो अध्ययन र फलोअप जारी रहेको बताएका हुन् । उनले प्रहरी र कर्मचारीको संरचनागत सुधारबिना सुशासन सम्भव नहुनेसमेत बताएका छन् ।

उनले लेखेका छन्, ‘सिआइबी र श्रीमती संघको असुली धन्दाको फ्लोअप त बाँकी नै छ ! छानबिनको विषयवस्तु त अध्ययन कै क्रममा छ । प्रहरी र कर्मचारी नसुधारी – सुशासन सम्भव छैन ! सबै सचेत हौ !’निर्वाचन प्रहरीको पोशाकमा भएको घोटालाको कुरा उठाएपछि आफूविरुद्ध प्रहरी निगरानी बढेको र सीआईबीका एक इन्स्पेक्टरको नेतृत्वमा आफूलाई फसाउने उद्देश्यले टोली गठन गरिएको सुनारले दाबी गरेका छन् ।उनका अनुसार आफ्नो बैंक, टेलिकम, सामाजिक सञ्जाल तथा परिवार र आफन्तको सम्पत्तिसम्बन्धी विवरणसमेत संकलन गर्न खोजिएको छ।सुनारले आफूले गरेका कुनै पनि गैरकानुनी कामको छानबिन गर्न आफू तयार रहेको बताएका छन् । गलत काम प्रमाणित भए पदबाटै हट्न तयार रहेको उल्लेख गर्दै उनले प्रहरी तथा कर्मचारीबाट सर्वसाधारणमाथि हुने भनिएको दुव्र्यवहार र शोषणको पनि हिसाब हुनुपर्ने बताएका छन्।

उनले आफू विगत सात वर्षमा आन्दोलनका क्रममा पटक–पटक प्रहरी हिरासतमा परेको, धरपकड, मुद्दा तथा कुटपिटसमेत भोगेको उल्लेख गरेका छन्।
आन्दोलनका क्रममा खिचिएका तस्बिर तथा भिडियोलाई अपराधीकरण गरेर आफूविरुद्धका भ्रष्टाचारसम्बन्धी प्रश्नबाट ध्यान मोड्ने प्रयास भइरहेको उनको आरोप छ।देशमा उत्पादन कमजोर, वैदेशिक ऋण बढ्दो, सरकारी संरचना कमजोर र बेरुजु ठूलो रहेको भन्दै सुनारले यस्तो अवस्थामा आफू चुप लागेर बस्न नसक्ने बताएका छन्।
‘प्रश्न गरेको बदलामा कि जालमा पारिन्छु, कि यसै मारिन्छु’ भन्दै उनले आफूलाई जोखिम भए पनि पछि नहट्ने बताएका छन् ।’मलाई थाहा छ – प्रश्न गरेको बदलामा कि जालमा पारिन्छु – कि यसै मारिन्छु ! तर, अपमानको जिन्दगी भन्दा सम्मानको मृत्यु प्यारो छ ! सके गर्छु – नसके मर्छु – तर यसै घर फर्किन्न आमा…!’ उनले लेखेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय