Thursday, October 22, 2026

ताजा अपडेट

कोहलपुर, बाँके। बाँकेको कोहलपुर नगरपालिका–१२, चपरगौँडीमा असोज २४ गते शनिबार निःशुल्क महिला स्वास्थ्य शिविर सञ्चालन हुने भएको छ। शिविरमा पाठेघरको मुखको क्यान्सर स्क्रिनिङदेखि गर्भवती महिलाको स्वास्थ्य जाँचसम्मका विभिन्न सेवा उपलब्ध गराइनेछ।

रोटरी क्लब अफ सेन्ट्रल बाँकेको आयोजनामा, आर.एम. हस्पिटल प्रा.लि. कोहलपुरको सहकार्य तथा युवा एकता क्लब चपरगौँडीको स्वयंसेवी सहयोगमा शिविर सञ्चालन हुन लागेको हो।

स्त्री तथा प्रसूति रोग विशेषज्ञ रोटेरियन डा. होमनाथ अधिकारीको प्राविधिक सहयोगमा सञ्चालन हुने शिविरमा पाठेघरको मुखको क्यान्सर स्क्रिनिङ तथा परीक्षण, गर्भवती महिलाको स्वास्थ्य जाँच, महिलासम्बन्धी विभिन्न स्वास्थ्य समस्याको परीक्षण तथा परामर्श सेवा प्रदान गरिने आयोजकले जनाएको छ।

त्यस्तै, शिविरमा निःशुल्क भिडियो एक्स–रे, रगतमा चिनीको मात्रा (सुगर) तथा रक्तचाप जाँचलगायतका सेवा पनि उपलब्ध हुनेछन्। आवश्यकताअनुसार थप परीक्षण, उपचारसम्बन्धी सुझाव तथा अन्य स्वास्थ्य संस्थामा प्रेषण गर्ने व्यवस्था समेत मिलाइएको आयोजकले जनाएको छ।

शिविरबाट स्थानीय महिला तथा गर्भवती महिलालाई स्वास्थ्य समस्या समयमै पहिचान गर्न, आवश्यक परामर्श लिन र उपचारका लागि उचित मार्गदर्शन प्राप्त गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।

शिविर असोज २४ गते शनिबार बिहान ८ बजेदेखि ज्ञान ज्योति विद्यालय, चपरगौँडी, कोहलपुर–१२, बाँकेमा सञ्चालन हुनेछ।

थप जानकारीका लागि आर.एम. हस्पिटल प्रा.लि., कोहलपुर–११ मा सम्पर्क गर्न सकिनेछ। अस्पतालको सम्पर्क नम्बर ०८१–५३४३०० रहेको छ।

आयोजकले सम्पूर्ण महिला तथा गर्भवती महिलालाई शिविरमा सहभागी भई निःशुल्क स्वास्थ्य सेवा लिन आग्रह गरेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

सम्पर्क जानकारी
Surakshya Rastriya Dainik Media Pvt. Ltd. | दर्ता नं.: 4290-2080/2081 | Banke | +977 9768462390 | surakshyarastriyadainik@gmail.com | विज्ञापन: marketing@surakshyarastriyadainik.com
हाम्रो टोली
प्रधान सम्पादक
सुरेश शाही
अध्यक्ष
सुर्य तिवारी
प्रमुख कार्यकारी
अपडेट हुँदै छ...
सम्पादक
अपडेट हुँदै छ...
निर्देशक
अपडेट हुँदै छ...
Copyright © 2026 Surakshyarastriyadainik Media Pvt. Ltd. All Rights Reserved.
Design & Developed by: E-Imagine Infotech