ट्रेण्डिङ

नेपालगन्ज। भारतबाट लागुऔषध बेच्न नेपालगन्ज आएका दुई भारतीय युवा-युवती ठूलो परिमाणको खैरो हेरोइनसहित पक्राउ परेका छन्।

लागुऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय नेपालगन्ज र जिल्ला प्रहरी कार्यालय बाँकेको संयुक्त टोलीले आज बिहान साढे १० बजे भारतको उत्तर प्रदेश, बहराइच जिल्लास्थित रुपैडिया थाना बाबागञ्ज बस्ने ३२ वर्षीय मोहम्मद हामिद र सोही स्थानकी २२ वर्षीया सविना देवी पथरकटलाई ६८ ग्राम ८१० मिलिग्राम खैरो हेरोइनसहित पक्राउ गरेको हो।

विशेष सूचनाको आधारमा खटिएको टोलीले नेपालगन्ज उपमहानगरपालिका–५ फुल्टेरा जाने बाटोमा उनीहरूलाई शंकास्पद अवस्थामा फेला पारी नियन्त्रणमा लिएको थियो। कानुन बमोजिम शरीर तलासी गर्दा मोहम्मद हामिदले लगाएको कालो पाइन्टको दाहिने खल्तीभित्र लुकाई राखेको अवस्थामा खैरो हेरोइन बरामद गरिएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार उनीहरूका साथबाट खैरो हेरोइनका साथै दुई थान मोबाइल फोन र भारतीय नम्बर प्लेट युपी ४० बीएच ४७०८ को मोटरसाइकल समेत बरामद गरिएको छ।

पक्राउ परेका दुवै जनालाई जिल्ला प्रहरी कार्यालय बाँकेको हिरासतमा राखी थप अनुसन्धान भइरहेको छ। प्रारम्भिक अनुसन्धानका क्रममा उनीहरू संगठित लागुऔषध कारोबारमा संलग्न हुन सक्ने आशंका प्रहरीले गरेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

सम्पर्क जानकारी
Surakshya Rastriya Dainik Media Pvt. Ltd. | दर्ता नं.: 4290-2080/2081 | Banke | +977 9768462390 | surakshyarastriyadainik@gmail.com | विज्ञापन: marketing@surakshyarastriyadainik.com
हाम्रो टोली
प्रधान सम्पादक
सुरेश शाही
अध्यक्ष
सुर्य तिवारी
प्रमुख कार्यकारी
अपडेट हुँदै छ...
सम्पादक
अपडेट हुँदै छ...
निर्देशक
अपडेट हुँदै छ...
Copyright © 2026 Surakshyarastriyadainik Media Pvt. Ltd. All Rights Reserved.
Design & Developed by: E-Imagine Infotech