ट्रेण्डिङ

ताजा अपडेट

 

बाँके । अङ्गभङ्ग मुद्दामा अदालतबाट कैद सजाय तोकिएपछि लामो समयदेखि फरार रहेका एक प्रतिवादीलाई बाँके प्रहरीले २८ वर्षपछि पक्राउ गरेको छ।

बाँके जिल्ला अदालतको २०५५ साल जेठ २४ गतेको फैसलाले कैद सजाय तोकिएका नेपालगञ्ज उपमहानगरपालिका–२१ निवासी ५५ वर्षीय अफजल खाँलाई जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको प्रहरी टोलीले आज पक्राउ गरेको हो।

प्रहरीका अनुसार खाँ विगत करिब २८ वर्षदेखि फरार रहेका थिए। उनलाई पक्राउ गरी आवश्यक कानुनी कारवाहीका लागि आजै बाँके जिल्ला अदालतमा पेश गरिएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ।

प्रहरीले फरार प्रतिवादीहरूको खोजी कार्यलाई अझ तीव्र बनाउँदै यस्ता व्यक्तिहरूलाई कानुनी दायरामा ल्याउने अभियान निरन्तर जारी राखेको बताएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

सम्पर्क जानकारी
Surakshya Rastriya Dainik Media Pvt. Ltd. | दर्ता नं.: 4290-2080/2081 | Banke | +977 9768462390 | surakshyarastriyadainik@gmail.com | विज्ञापन: marketing@surakshyarastriyadainik.com
हाम्रो टोली
प्रधान सम्पादक
सुरेश शाही
अध्यक्ष
सुर्य तिवारी
प्रमुख कार्यकारी
अपडेट हुँदै छ...
सम्पादक
अपडेट हुँदै छ...
निर्देशक
अपडेट हुँदै छ...
Copyright © 2026 Surakshyarastriyadainik Media Pvt. Ltd. All Rights Reserved.
Design & Developed by: E-Imagine Infotech