Surakshya Rastriya Dainik
शुक्रबार, ९ अक्टोबर २०२६
ट्रेण्डिङ

काठमाडौं।  सशस्त्र प्रहरी बल नेपालका १८ जना प्रहरी जवान लामो समयदेखि सम्पर्कबिहीन भएका छन्। उनीहरू विभिन्न इकाइबाट बिदा लिई वा अनुमति बिना नै ब्यारेक छोडेर गैरहाजिर रहेको खुलासा भएको हो।

सशस्त्र प्रहरी बलको प्रधान कार्यालयले बुधबार सार्वजनिक सूचना जारी गर्दै ती सबै जवानहरूलाई सात दिनभित्र अनिवार्य रूपमा सम्बन्धित कार्यालयमा हाजिर हुन निर्देशन दिएको छ। कार्यालयका अनुसार उनीहरू हालसम्म कुनै पनि माध्यमबाट सम्पर्कमा नआएकाले बाध्य भएर सार्वजनिक सूचना जारी गर्नुपरेको हो।

जारी सूचनामा भनिएको छ, “यो सूचना प्रकाशित भएको मितिले बाटोको म्याद बाहेक सात दिनभित्र गैरहाजिर रहनुको उचित कारणसहित सम्बन्धित कार्यालयमा उपस्थित हुन अनुरोध गरिन्छ।”

साथै, तोकिएको समयभित्र सम्पर्कमा नआएमा प्रहरी नियमावली अनुसार कडा कारबाही गरिने चेतावनी समेत दिइएको छ।

यस घटनाले संगठनभित्र अनुशासन र जिम्मेवारीप्रति प्रश्न उठाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

सम्पर्क जानकारी
Surakshya Rastriya Dainik Media Pvt. Ltd. | दर्ता नं.: 4290-2080/2081 | Banke | +977 9768462390 | surakshyarastriyadainik@gmail.com | विज्ञापन: marketing@surakshyarastriyadainik.com
हाम्रो टोली
प्रधान सम्पादक
सुरेश शाही
अध्यक्ष
सुर्य तिवारी
प्रमुख कार्यकारी
अपडेट हुँदै छ...
सम्पादक
अपडेट हुँदै छ...
निर्देशक
अपडेट हुँदै छ...
Copyright © 2026 Surakshyarastriyadainik Media Pvt. Ltd. All Rights Reserved.
Design & Developed by: E-Imagine Infotech