Surakshya Rastriya Dainik
बुधबार, १६ सेप्टेम्बर २०२६
ट्रेण्डिङ

काठमाडौं। दरबारमार्गस्थित एक रेस्टुरेन्टबाट गैँडाको खाग जस्तो देखिने वस्तुसहित प्रहरीले तीन जनालाई पक्राउ गरेको छ।
विशेष सूचनाका आधारमा खटिएको प्रहरी टोलीले दरबारमार्गमा रहेको ओरिएन्ट क्याफेबाट उनीहरूलाई नियन्त्रणमा लिएको हो। प्रहरीले रेस्टुरेन्टमा बसेर गैँडाको खागको कारोबार भइरहेको सूचना पाएपछि कारबाही गरेको जनाएको छ।
पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका–२४ न्युरोडका ५० वर्षीय संजयमान सिंह श्रेष्ठ, तनहुँ ऋषिङ गाउँपालिका–५ घर भई हाल काठमाडौं–३ बाँसबारी बस्ने ४५ वर्षीय रामहरी गिरी तथा पाल्पा माथागढी गाउँपालिका–१ घर भई हाल सिद्धार्थनगर–७ बस्ने ६० वर्षीय रामेश्वर पन्थी रहेका छन्।
प्रहरीका अनुसार रेस्टुरेन्टको भुइँतलामा शंकास्पद रूपमा बसेका उनीहरूको खानतलासी गर्दा श्रेष्ठले बोकेको सुन्तला रङको हाते झोलाभित्र गैँडाको खाग जस्तो देखिने वस्तु फेला परेको हो। उक्त वस्तु हरियो झोलाभित्र सेतो–खैरो बुट्टे कुर्थाले बेरेर लुकाइएको अवस्थामा बरामद गरिएको प्रहरीले जनाएको छ।
बरामद वस्तुको तौल १.०७५ ग्राम रहेको प्रहरीले जानकारी दिएको छ। साथै उनीहरूको साथबाट चार थान मोबाइल फोन र बा.६४ प ६२२४ नम्बरको २२० सीसी पल्सर मोटरसाइकल पनि बरामद गरिएको छ।
प्रहरीले तीनै जनालाई नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान अघि बढाएको जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

सम्पर्क जानकारी
Surakshya Rastriya Dainik Media Pvt. Ltd. | दर्ता नं.: 4290-2080/2081 | Banke | +977 9768462390 | surakshyarastriyadainik@gmail.com | विज्ञापन: marketing@surakshyarastriyadainik.com
हाम्रो टोली
प्रधान सम्पादक
सुरेश शाही
अध्यक्ष
सुर्य तिवारी
प्रमुख कार्यकारी
अपडेट हुँदै छ...
सम्पादक
अपडेट हुँदै छ...
निर्देशक
अपडेट हुँदै छ...
Copyright © 2026 Surakshyarastriyadainik Media Pvt. Ltd. All Rights Reserved.
Design & Developed by: E-Imagine Infotech