ट्रेण्डिङ

काठमाडौं । चार कम्युनिष्ट दल सम्मिलित ‘केन्द्रीय संयुक्त संघर्ष समिति’ले काठमाडौंका विभिन्न स्थानमा सुकुम्बासीमाथि भएको दमन र विस्थापनको विरोध गर्दै देशव्यापी आन्दोलनको घोषणा गरेको छ । समितिले सरकारले वैकल्पिक बसोबासको सुनिश्चितता नगरी बल प्रयोग गरेर सुकुम्बासीलाई हटाएको भन्दै त्यसको घोर निन्दा गरेको हो ।
क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपाल, नेकपा (बहुमत), नेपाल कम्युनिष्ट पार्टी र वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी नेपाल सम्मिलित समितिले शुक्रबार जारी प्रेस वक्तव्यमा सुकुम्बासी जनताको संघर्षप्रति ऐक्यबद्धता जनाउँदै आन्दोलनमा सहभागी हुन आम नागरिकलाई अपिल गरेको छ ।
समितिले उठीवास गराइएका सुकुम्बासीलाई तत्काल उचित बसोबासको व्यवस्था गर्न, बालबालिकाको पठनपाठन सुनिश्चित गर्न, होल्डिङ सेन्टरमा सञ्चारकर्मीलाई निर्वाध प्रवेश दिन तथा पीडितलाई क्षतिपूर्ति उपलब्ध गराउन सरकारसँग माग गरेको छ ।
वक्तव्यमा एमसिसी सम्झौता खारेज गर्न तथा एसपीपी कार्यक्रम अघि नबढाउन पनि सरकारलाई चेतावनी दिइएको छ । त्यसैगरी लिपुलेक हुँदै भारतले मानसरोवर यात्रा सुरु गरेको विषयलाई नेपालको सार्वभौमिकतामाथिको हस्तक्षेप भन्दै त्यसविरुद्ध कूटनीतिक पहल गर्न सरकारसँग माग गरिएको छ ।
समितिले बढ्दो महँगी नियन्त्रण गर्न सरकार असफल भएको आरोप लगाउँदै प्रभावकारी रणनीति लागू गर्न माग गरेको छ । साथै, विद्यार्थी संगठन र ट्रेड युनियनमाथि प्रतिबन्ध लगाउने प्रयासलाई संविधानविपरीत कदम भन्दै तत्काल फिर्ता लिन चेतावनी दिएको छ ।
यस्तै, सुकुम्बासीमाथिको दमन, महँगी र राष्ट्रिय स्वाधीनताको मुद्दालाई लिएर आगामी वैशाख ३० गते राजधानीसहित देशव्यापी विरोध प्रदर्शन आयोजना गरिने जनाइएको छ ।
समितिको चक्रीय प्रणालीअनुसार अबको संयोजकको जिम्मेवारी धर्मेन्द्र बास्तोला ‘कञ्चन’ले सम्हाल्ने वक्तव्यमा उल्लेख गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

सम्पर्क जानकारी
Surakshya Rastriya Dainik Media Pvt. Ltd. | दर्ता नं.: 4290-2080/2081 | Banke | +977 9768462390 | surakshyarastriyadainik@gmail.com | विज्ञापन: marketing@surakshyarastriyadainik.com
हाम्रो टोली
प्रधान सम्पादक
सुरेश शाही
अध्यक्ष
सुर्य तिवारी
प्रमुख कार्यकारी
अपडेट हुँदै छ...
सम्पादक
अपडेट हुँदै छ...
निर्देशक
अपडेट हुँदै छ...
Copyright © 2026 Surakshyarastriyadainik Media Pvt. Ltd. All Rights Reserved.
Design & Developed by: E-Imagine Infotech