Surakshya Rastriya Dainik
बुधबार, १६ सेप्टेम्बर २०२६
ट्रेण्डिङ

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोग ले बैंकिङ कसुरसम्बन्धी मुद्दामा जाहेरवालाको रकम फिर्ता दिलाइदिने भन्दै घुस लिएको आरोपमा प्रहरी नायब निरीक्षकविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ।
आयोगले प्रहरी वृत्त मालीगाउँ, काठमाडौंमा कार्यरत प्रहरी नायब निरीक्षक दिनेश राउत विरुद्ध शुक्रबार विशेष अदालतमा मुद्दा दायर गरेको जनाएको हो।
आयोगका अनुसार राउतले बैंकिङ कसुरसम्बन्धी मुद्दामा जाहेरवालाको रकम फिर्ता गराइदिने तथा मुद्दा मिलाइदिने आश्वासन दिँदै सेवाग्राहीसँग २० हजार रुपैयाँ घुस लिएको पाइएको थियो।
घुस लिइरहेको अवस्थामा आयोगको टोलीले केही दिनअघि उनलाई पक्राउ गरेको थियो। अनुसन्धानपछि आयोगले भ्रष्टाचार निवारण ऐन, २०५९ बमोजिम कैद सजाय र जरिवानाको माग गर्दै मुद्दा दायर गरेको जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

सम्पर्क जानकारी
Surakshya Rastriya Dainik Media Pvt. Ltd. | दर्ता नं.: 4290-2080/2081 | Banke | +977 9768462390 | surakshyarastriyadainik@gmail.com | विज्ञापन: marketing@surakshyarastriyadainik.com
हाम्रो टोली
प्रधान सम्पादक
सुरेश शाही
अध्यक्ष
सुर्य तिवारी
प्रमुख कार्यकारी
अपडेट हुँदै छ...
सम्पादक
अपडेट हुँदै छ...
निर्देशक
अपडेट हुँदै छ...
Copyright © 2026 Surakshyarastriyadainik Media Pvt. Ltd. All Rights Reserved.
Design & Developed by: E-Imagine Infotech