ट्रेण्डिङ

ताजा अपडेट

 

२६ बैशाख, काेहलपुर । चाैथाे संस्करणकाे काेहलपुर गाेल्डकपकाे ट्रफि  आयाेजक रेसिङ साहारा क्लबले  उचालेकाे छ । शनिबार सम्पन्न फाईनल खेलमा नेपाल पुलिस क्लबलाई ३ का बिरूद्द ४ गाेलले हराउँदै रेसिङ साहाराले ट्रफि उचालेकाे हाे ।

काेहलपुर-२ स्थित फुटबल मैदानमा सम्पन्न फाईनल खेल ट्राईबेकरमा पुगेकाे थियाे । निर्धारीत समयमा दुबै टिमले १-१ गाेल गरेपछि खेल ट्राईबेकरमा धकेलीएकाे थियाे । खेलकाे सुरू भएकाे ५ मिनेटमै रेसिङ साहारा क्लबका १८ नम्बर जर्सिका खेलाडि चेतन चाैधरीले गाेल गरेका थिए । दाेस्राे हाफकाे पहिलाे मिनेटमै नेपाल पुलिसका धिरेन्द्र शाहले उत्कृष्ट गाेल फर्काउँदै नतिजा बराबर गरेका थिए । ९० मिनेटकाे खेलमा दुबै टिमले थप गाेल गर्न नसकेपछि खेल ट्राईबेकरमा पुगेकाे थियाे ।

ट्राईबेकरमा समेत नतिजा बराबर भएपछि खेल सडेन डेथमा पुगेकाे थियाे । सडेन डेथमा रेसिङ साहाराका फागुराम चाैधरी, चेतन चाैधरी, सन्दिप के.सी. र सुजन मगरले गाेल गरेर नतिजा आफ्नाे पक्षमा पारेका थिए । नेपाल पुलिस क्लबका राम वाजी, सन्जिव लामा र हेमन्त श्रेष्ठले मात्र गाेल फर्काएका थिए ।


प्रतियाेगिताका म्यान अफ द म्याच नेपाल पुलिसका संजिव लामा घाेषित भए । उनले ट्रफि सहित नगद रू. पाँच हजार प्राप्त गरे ।

 

प्रतियाेगिताकाे बिजेता रेसिङ साहारा क्लबले ट्रफी सहित ८ लाख रूपैयाँ नगद पुरस्कार प्राप्त गरेकाे छ ।  त्यसैगरी उप-बिजेतामै सिमित भएकाे नेपाल पुलिस क्लबले ट्रफी सहित ४ लाख नगद पुरस्कार हात पारेकाे छ ।

 

प्रतियोगिताका सर्वश्रेष्ठ खेलाडी बन्दै काेहलपुर रेसिङ साहारा क्लबका मुकुन्द घर्ती मगरले ५१ हजार रूपैयाँ प्राप्त गरेका छन ।

 

प्रतियाेगिताका बिजेता र उपबिजेतालाई काेहलपुर नगरपालिकाका नगर प्रमुख पुर्ण प्रसाद आचार्यले चेक, ट्रफि र मेडल प्रदान गरेका थिए ।

 

यहि बैशाख १९ गतेदेखि सुरू भएकाे प्रतियाेगितामा ८ टिमकाे सहभागिता रहेकाे थियाे । प्रतियाेगिताकाे फाईनल खेल हेर्न मैदानमा उल्लेख्य मात्रामा दर्शक उपस्थित भएका थिए । पहिलाे पटक प्याराफिटमा बसेर दर्शकहरूले खेलकाे आनन्द लिएका छन ।

 

शत्रुधन चाैधरी

१० हजार 

नेपाल पुलिस क्लब 

बेष्ट गाेलकिपर

वेष्ड डिफेन्डर

चेतन चाैधरी

काेहलपुर रेसिङ साहारा क्लब

१० हजार

 

वेष्ट मिड फिल्डर

राम वाजी 

नेपाल पुलिस क्लब

१० हजार

 

वेष्ट फरवार्ड 

आशिष् थारू

नेपाल पुलिस क्लब

१० हजार

वेष्ट काेच

जनक केसी

काेहलपुर रेसिङ साहारा क्लब

१०  हजार

 

राईजिङ प्लेयर अफ द टुर्नामेन्ट

लक्ष्मण राना मगर

काेहलपुर रेसिङसाहारा क्लब

१० हजार

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

सम्पर्क जानकारी
Surakshya Rastriya Dainik Media Pvt. Ltd. | दर्ता नं.: 4290-2080/2081 | Banke | +977 9768462390 | surakshyarastriyadainik@gmail.com | विज्ञापन: marketing@surakshyarastriyadainik.com
हाम्रो टोली
प्रधान सम्पादक
सुरेश शाही
अध्यक्ष
सुर्य तिवारी
प्रमुख कार्यकारी
अपडेट हुँदै छ...
सम्पादक
अपडेट हुँदै छ...
निर्देशक
अपडेट हुँदै छ...
Copyright © 2026 Surakshyarastriyadainik Media Pvt. Ltd. All Rights Reserved.
Design & Developed by: E-Imagine Infotech