Surakshya Rastriya Dainik
शुक्रबार, ९ अक्टोबर २०२६
ट्रेण्डिङ

नेपालगन्ज । कोहलपुर नगरपालिका मा न्यून आय भएका महिलाहरूलाई लक्षित गर्दै एक महिने निःशुल्क ब्युटिसियन तालिम सुरु गरिएको छ।
नारी विकास केन्द्र नेपालगन्ज को आयोजना तथा लुम्बिनी प्रदेश सरकार अन्तर्गत उद्योग, पर्यटन तथा यातायात मन्त्रालयको पर्यटन डिभिजन कार्यालय कोहलपुर को आर्थिक सहयोगमा सञ्चालन गरिएको तालिमको आइतबार औपचारिक उद्घाटन गरिएको हो।
तालिममा कोहलपुर नगरपालिका वडा नम्बर २ र ५ का करिब २० जना महिलाहरूको सहभागिता रहने जनाइएको छ। उद्घाटन समारोहमा मीना कुमारी श्रेष्ठ प्रमुख अतिथिका रूपमा उपस्थित हुनुभएको थियो। कार्यक्रमको अध्यक्षता नारी विकास केन्द्रका कार्यवाहक अध्यक्ष शिला शाहले गर्नुभएको थियो।
कार्यक्रममा पर्यटन डिभिजन कार्यालय कोहलपुरका वरिष्ठ अधिकृत कृष्ण बहादुर विष्ट, तालिम संयोजक सरिता शाही तथा नारी विकास केन्द्रका पदाधिकारीहरूको समेत उपस्थिति रहेको थियो।
उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रदेश सभा सदस्य श्रेष्ठले सीपमूलक तालिमले महिलाहरूलाई आत्मनिर्भर बनाउन महत्त्वपूर्ण भूमिका खेल्ने बताउनुभयो। उहाँले राज्यबाट विनियोजन गरिएको बजेटको सही सदुपयोग गर्दै प्राप्त अवसरलाई व्यवहारमा उतार्न प्रशिक्षार्थीहरूलाई आग्रह गर्नुभयो।


उहाँले महिलाहरूलाई आर्थिक रूपमा सक्षम बनाउन यस्ता तालिम प्रभावकारी हुने उल्लेख गर्दै सीपलाई आयआर्जनसँग जोड्न आवश्यक रहेको धारणा राख्नुभयो।
नारी विकास केन्द्रले न्यून आय भएका महिलाहरूलाई सीपमार्फत आत्मनिर्भर बनाउने उद्देश्यका साथ आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिने जनाएको

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

सम्पर्क जानकारी
Surakshya Rastriya Dainik Media Pvt. Ltd. | दर्ता नं.: 4290-2080/2081 | Banke | +977 9768462390 | surakshyarastriyadainik@gmail.com | विज्ञापन: marketing@surakshyarastriyadainik.com
हाम्रो टोली
प्रधान सम्पादक
सुरेश शाही
अध्यक्ष
सुर्य तिवारी
प्रमुख कार्यकारी
अपडेट हुँदै छ...
सम्पादक
अपडेट हुँदै छ...
निर्देशक
अपडेट हुँदै छ...
Copyright © 2026 Surakshyarastriyadainik Media Pvt. Ltd. All Rights Reserved.
Design & Developed by: E-Imagine Infotech