ट्रेण्डिङ

ताजा अपडेट

भक्तपुर । चाँगुनारायण नगरपालिका–९ ताथलीबाट साढे एक किलो चाँदीसहित एक जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा इन्द्रावती गाउँपालिका–१० स्थायी घर भई हाल बनेपा नगरपालिका–८ पुल बजार बस्दै आएका ३२ वर्षीय राजु स्वेत रहेका छन् ।
प्रहरीका अनुसार सोमबार अपराह्न प्रदेश ३–०२–०१२ प ४३६४ नम्बरको मोटरसाइकलमा नालाबाट च्यामासिंहतर्फ आउँदै गरेका स्वेतलाई शंकास्पद अवस्थामा जाँच गरिएको थियो । जाँचका क्रममा उनले बोकेको झोलाबाट करिब साढे एक किलो चाँदी बरामद गरिएको प्रहरीले जनाएको छ ।
सोधपुछका क्रममा बरामद चाँदी सम्बन्धी कुनै कागजात प्रस्तुत गर्न नसकेपछि उनलाई नियन्त्रणमा लिइएको प्रहरीले बताएको छ ।
हाल उनलाई नेपाल प्रहरीको प्रहरी वृत्त जगाती, भक्तपुरमा राखेर थप अनुसन्धान भइरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

सम्पर्क जानकारी
Surakshya Rastriya Dainik Media Pvt. Ltd. | दर्ता नं.: 4290-2080/2081 | Banke | +977 9768462390 | surakshyarastriyadainik@gmail.com | विज्ञापन: marketing@surakshyarastriyadainik.com
हाम्रो टोली
प्रधान सम्पादक
सुरेश शाही
अध्यक्ष
सुर्य तिवारी
प्रमुख कार्यकारी
अपडेट हुँदै छ...
सम्पादक
अपडेट हुँदै छ...
निर्देशक
अपडेट हुँदै छ...
Copyright © 2026 Surakshyarastriyadainik Media Pvt. Ltd. All Rights Reserved.
Design & Developed by: E-Imagine Infotech