Surakshya Rastriya Dainik
बुधबार, १६ सेप्टेम्बर २०२६
ट्रेण्डिङ

कोहलपुर, २९ वैशाख । निम्बल इङ्लिस मिडियम स्कुलले माध्यमिक शिक्षा परीक्षा (SEE) २०८२ मा शतप्रतिशत नतिजा हासिल गरेको जनाएको छ ।
विद्यालयले SEE परीक्षामा सहभागी सबै विद्यार्थी सफल भएकोमा खुसी व्यक्त गर्दै विद्यार्थी, शिक्षक, अभिभावक तथा विद्यालय परिवारलाई हार्दिक बधाई तथा शुभकामना दिएको छ ।
विद्यालयले सार्वजनिक गरेको नतिजाअनुसार ६ जना विद्यार्थीले ३.६० देखि ४.०० GPA प्राप्त गरेका छन् भने ७ जनाले ३.२० देखि ३.५९ GPA हासिल गरेका छन् । त्यसैगरी ४ जना विद्यार्थीले २.८० देखि ३.१९ GPA प्राप्त गरेका छन् । विद्यालयका अनुसार सबै विद्यार्थी ग्रेडेड भएका छन् ।
विद्यालय प्रशासनले उत्कृष्ट नतिजा विद्यार्थीहरूको मेहनत, शिक्षकहरूको मार्गदर्शन तथा अभिभावकको निरन्तर सहयोगका कारण सम्भव भएको उल्लेख गरेको छ । साथै आगामी दिनमा पनि गुणस्तरीय शिक्षालाई निरन्तरता दिँदै विद्यार्थीहरूको उज्ज्वल भविष्य निर्माणमा लागिरहने प्रतिबद्धता व्यक्त गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

सम्पर्क जानकारी
Surakshya Rastriya Dainik Media Pvt. Ltd. | दर्ता नं.: 4290-2080/2081 | Banke | +977 9768462390 | surakshyarastriyadainik@gmail.com | विज्ञापन: marketing@surakshyarastriyadainik.com
हाम्रो टोली
प्रधान सम्पादक
सुरेश शाही
अध्यक्ष
सुर्य तिवारी
प्रमुख कार्यकारी
अपडेट हुँदै छ...
सम्पादक
अपडेट हुँदै छ...
निर्देशक
अपडेट हुँदै छ...
Copyright © 2026 Surakshyarastriyadainik Media Pvt. Ltd. All Rights Reserved.
Design & Developed by: E-Imagine Infotech