कोहलपुर । कोहलपुर–२ स्थित गोर्खा युनाइटेड पब्लिक स्कुलले माध्यमिक शिक्षा परीक्षा (SEE) २०८२ मा उत्कृष्ट नतिजा हासिल गरेको छ ।
विद्यालयले सार्वजनिक गरेको नतिजाअनुसार पाँच जना विद्यार्थीले ४ GPA प्राप्त गरेका छन् । ४ GPA हासिल गर्ने विद्यार्थीहरूमा स्पर्श जंग शाह, स्मृति राना, खुशी शर्मा, स्वर्णिम श्री थापा र निराजन अर्याल रहेका छन् ।
विद्यालयका अनुसार ६६ जना विद्यार्थीले ३.६० देखि ४.०० GPA प्राप्त गरेका छन् भने २१ जनाले ३.२० देखि ३.६० GPA हासिल गरेका छन् । त्यसैगरी ४ जना विद्यार्थीले २.८० देखि ३.२० GPA प्राप्त गरेका छन् ।
विद्यालय प्रशासनले विद्यार्थीहरूको मेहनत, अनुशासन, शिक्षकहरूको मार्गदर्शन तथा अभिभावकको सहयोगका कारण उत्कृष्ट नतिजा सम्भव भएको जनाएको छ । साथै सफल विद्यार्थीहरूको उज्ज्वल भविष्यको कामना गर्दै आगामी दिनमा पनि शैक्षिक उत्कृष्टतालाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेको छ ।







