Surakshya Rastriya Dainik
बुधबार, १६ सेप्टेम्बर २०२६
ट्रेण्डिङ

काठमाडौं । सामाजिक सञ्जाल, विशेषगरी टिकटक लगायतका प्लेटफर्म प्रयोग गरी महिलालाई ब्ल्याकमेल गर्दै आर्थिक लाभ लिने एक युवकलाई नेपाल प्रहरीको साइबर ब्यूरोले पक्राउ गरेको छ।
पक्राउ पर्नेमा काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका–११ स्थायी घर भएका २३ वर्षीय समिर तामाङ रहेका छन्। उनलाई काठमाडौं महानगरपालिका–१३ कलंकी क्षेत्रबाट नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार तामाङले एक महिलाको व्यक्तिगत फोटो तथा भिडियो सामाजिक सञ्जालमा सार्वजनिक गरिदिने धम्की दिँदै पटक–पटक रकम असुल गर्ने गरेका थिए। ती सामग्री सार्वजनिक गरिदिने डर देखाएर उनले पीडितबाट आर्थिक लाभ लिएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।
पीडित महिलाले धम्की र हैरानी दिई पैसा असुलेको भन्दै साइबर ब्यूरोमा उजुरी दिएपछि प्रहरीले अनुसन्धान अघि बढाएको थियो। प्राविधिक विश्लेषणका आधारमा अभियुक्तलाई पक्राउ गरिएको ब्यूरोले जनाएको छ।
साइबर ब्यूरोका प्रवक्ता प्रहरी उपरीक्षक दिलीप कुमार गिरीका अनुसार पक्राउ परेका तामाङमाथि काठमाडौं जिल्ला अदालतबाट सात दिनको म्याद थप गरी विद्युतीय (इलेक्ट्रोनिक) कारोबार ऐन तथा आपराधिक लाभसम्बन्धी कसुरमा थप अनुसन्धान भइरहेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

सम्पर्क जानकारी
Surakshya Rastriya Dainik Media Pvt. Ltd. | दर्ता नं.: 4290-2080/2081 | Banke | +977 9768462390 | surakshyarastriyadainik@gmail.com | विज्ञापन: marketing@surakshyarastriyadainik.com
हाम्रो टोली
प्रधान सम्पादक
सुरेश शाही
अध्यक्ष
सुर्य तिवारी
प्रमुख कार्यकारी
अपडेट हुँदै छ...
सम्पादक
अपडेट हुँदै छ...
निर्देशक
अपडेट हुँदै छ...
Copyright © 2026 Surakshyarastriyadainik Media Pvt. Ltd. All Rights Reserved.
Design & Developed by: E-Imagine Infotech