ट्रेण्डिङ

काठमाडौं । सरकारी छाप दस्तखत कीर्ते मुद्दाका फरार प्रतिवादी पक्राउ परेका छन्। प्रहरीले सरकारी कागजात कीर्ते गरेको अभियोगमा फरार रहेका एक व्यक्तिलाई काठमाडौंबाट पक्राउ गरेको हो।
प्रहरी प्रधान कार्यालयका अनुसार पक्राउ पर्नेमा ललितपुर महानगरपालिका–३ आदर्शटोल बस्ने ६१ वर्षीय क्रोडी फ्रेच क्षेत्री भनिने फरदिनान्द भ्यालेन्टाईन फेट्ज रहेका छन्।
प्रहरीका अनुसार फेट्जले आफ्नै छोरीको कक्षा ११ र १२ उत्तीर्ण भएको नक्कली ट्रान्सक्रिप्ट लगायतका कागजात तयार गरी सरकारी छाप तथा दस्तखत कीर्ते गरेको आरोपमा मुद्दा दर्ता भएको थियो।
जिल्ला अदालत भक्तपुरले २०८२ वैशाख ३ गतेको फैसलामार्फत उनलाई १ वर्ष कैद तथा ५० हजार रुपैयाँ जरिवाना सजाय सुनाएको थियो। फैसला पछि फरार रहेका उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुको टोलीले काठमाडौं महानगरपालिका–९ तिलगंगाबाट पक्राउ गरेको प्रहरीले जनाएको छ।
पक्राउ परेका फेट्जलाई फैसला कार्यान्वयनका लागि जिल्ला अदालत भक्तपुरमा पेश गरिएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

सम्पर्क जानकारी
Surakshya Rastriya Dainik Media Pvt. Ltd. | दर्ता नं.: 4290-2080/2081 | Banke | +977 9768462390 | surakshyarastriyadainik@gmail.com | विज्ञापन: marketing@surakshyarastriyadainik.com
हाम्रो टोली
प्रधान सम्पादक
सुरेश शाही
अध्यक्ष
सुर्य तिवारी
प्रमुख कार्यकारी
अपडेट हुँदै छ...
सम्पादक
अपडेट हुँदै छ...
निर्देशक
अपडेट हुँदै छ...
Copyright © 2026 Surakshyarastriyadainik Media Pvt. Ltd. All Rights Reserved.
Design & Developed by: E-Imagine Infotech