ट्रेण्डिङ

ताजा अपडेट

काठमाडौं । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले उपत्यकाभित्र सञ्चालनमा रहेका ९५ वटा शैक्षिक परामर्श (कन्सल्टेन्सी) संस्थामा छापा मारेको छ ।
उच्च शिक्षाका लागि विदेश पठाइदिने भन्दै विद्यार्थीहरुलाई ठगी गरिएको गुनासोका आधारमा शुक्रबार गरिएको कारबाहीमा ६९ जना कन्सल्टेन्सी सञ्चालक पक्राउ परेका हुन् ।
कार्यालयमा परेका उजुरी तथा प्राप्त सूचनाका आधारमा विभिन्न स्थानमा सञ्चालित कन्सल्टेन्सीहरूमाथि अनुसन्धान गरिएको प्रहरीले जनाएको छ । सोही अनुसन्धानका क्रममा शुक्रबार एकैदिन ९५ वटा कन्सल्टेन्सीमा छापा मारिएको हो ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका सूचना अधिकारीका अनुसार शैक्षिक परामर्शका नाममा भइरहेको ठगी, अवैध आर्थिक कारोबार तथा कागजातसम्बन्धी अनियमितताको आशंकामा अनुसन्धान अघि बढाइएको हो ।
प्रहरीले ठगीमा परेको आशंका भएका वा यस्ता गतिविधिबारे जानकारी भएका व्यक्तिहरुलाई समेत कार्यालयको सम्पर्कमा आउन आग्रह गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

सम्पर्क जानकारी
Surakshya Rastriya Dainik Media Pvt. Ltd. | दर्ता नं.: 4290-2080/2081 | Banke | +977 9768462390 | surakshyarastriyadainik@gmail.com | विज्ञापन: marketing@surakshyarastriyadainik.com
हाम्रो टोली
प्रधान सम्पादक
सुरेश शाही
अध्यक्ष
सुर्य तिवारी
प्रमुख कार्यकारी
अपडेट हुँदै छ...
सम्पादक
अपडेट हुँदै छ...
निर्देशक
अपडेट हुँदै छ...
Copyright © 2026 Surakshyarastriyadainik Media Pvt. Ltd. All Rights Reserved.
Design & Developed by: E-Imagine Infotech