काठमाडौँ । नेपाल प्रहरीका प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीको शब्द रहेको देशभक्तिपूर्ण गीत ‘अब बन्छ मेरो देश’ सार्वजनिक गरिएको छ । राष्ट्रप्रेम, सकारात्मक सोच र समृद्ध नेपालको भाव बोकेको उक्त गीत नेपाल प्रहरीको आधिकारिक युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो ।
गीतमा चर्चित संगीतकार दीपक शर्माको संगीत रहेको छ । गायिका सदीक्षा कट्टेल तथा गायकहरू समिर खरेल, बेनिसा पौडेल र सबिन सुवेदीले गीतमा स्वर दिएका छन् ।
गीतको संगीत संयोजन उदयराज पौडेलले गरेका हुन् भने भिडियो निर्देशन किरण थापाले गरेका छन् । भिडियोमा राष्ट्र निर्माण, सामाजिक एकता, युवाको ऊर्जा तथा देशप्रतिको जिम्मेवारीलाई कलात्मक ढंगले प्रस्तुत गरिएको छ ।
गीत सार्वजनिक भएसँगै सामाजिक सञ्जालमा सकारात्मक प्रतिक्रिया आउने क्रम जारी छ । धेरैले गीतलाई प्रेरणादायी, सन्देशमूलक र देशभक्तिको भावना जगाउने खालको भन्दै प्रशंसा गरेका छन् ।
नेपाल प्रहरीका अनुसार गीतमार्फत नागरिकमा आशा, आत्मविश्वास र देश निर्माणप्रतिको सकारात्मक सन्देश प्रवाह गर्ने उद्देश्य राखिएको छ ।
video-







