०२ बैशाख २०८३ कोहलपुर ;- लागुऔषध दुर्व्यसन न्यूनीकरणका लागि नयाँ आयाम थप्दै कोहलपुर नगरपालिका – ०८ बाबानगर स्थित नमुना विध्या सदन स्कुलको आयोजना तथा लागुऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय नेपालगन्जको प्राबिधिक सहयोगमा एकदिने सचेतना अभिमुखिकरण कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ ।
कार्यक्रममा करिब १००० जना विद्यार्थीहरूको सहभागिता रहेको थियो । विद्यार्थीहरूलाई लागुऔषधका दुष्प्रभाव, यसको प्रयोगले पार्ने सामाजिक तथा मानसिक क्षति, र रोकथामका उपायबारे जानकारी गराइएको थियो । ब्यूरो कार्यालय नेपालगन्ज शाखा कार्यालयका प्रमुख प्र स नि नविन कुमार शाहिको प्राविधिक टोलीले लागुऔषधविरुद्धको सचेतता, पहिचान र उद्धारसम्बन्धी विधिहरूबारे अन्तरक्रियात्मक रुपमा विद्यार्थीहरूसँग छलफल गरेको थियो ।
विद्यालयका प्रिन्सिपलले विद्यार्थीहरूलाई सुरक्षित भविष्यका लागि यस्ता अभिमुखिकरणले मार्गदर्शन गर्ने बताउँदै ब्यूरोलाई धन्यवाद दिए । सहभागी विद्यार्थीहरूले पनि कार्यक्रमलाई प्रभावकारी र जीवनोपयोगी बताएका छन् ।
यस अभिमुखिकरणले लागुऔषड न्यूनीकरणको दिशामा विद्यालयस्तरबाट ठोस पहल गर्ने अपेक्षा गरिएको छ ।

लागुऔषध न्यूनीकरणमा नयाँ आयाम : नमुना विध्या सदन स्कुलमा एकदिने सचेतना अभिमुखिकरण सम्पन्न
०१ बैशाख २०८३ – लागुऔषध दुर्व्यसन न्यूनीकरणका क्षेत्रमा नयाँ आयाम थप्दै कोहलपुर नगरपालिका–८ बाबानगरस्थित नमुना विध्या सदन स्कुलको आयोजना तथा लागुऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय नेपालगन्जको प्राविधिक सहयोगमा एकदिने सचेतना अभिमुखिकरण कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ।


कार्यक्रममा करिब एक सय विद्यार्थीको सहभागिता रहेको थियो। विद्यार्थीहरूलाई लागुऔषधका दुष्प्रभाव, यसको प्रयोगले पार्ने सामाजिक तथा मानसिक क्षति र रोकथामका उपायबारे विस्तृत जानकारी गराइएको थियो।
ब्यूरो कार्यालय नेपालगन्ज शाखाका प्रमुख प्रहरी निरीक्षक नविन कुमार शाहीको प्राविधिक टोलीले लागुऔषधविरुद्धको सचेतता, पहिचान र उद्धारसम्बन्धी विधिहरूबारे अन्तरक्रियात्मक रूपमा विद्यार्थीहरूसँग छलफल गरेको थियो।
विद्यालयका प्रिन्सिपलले विद्यार्थीहरूलाई सुरक्षित भविष्यका लागि यस्ता अभिमुखिकरणले मार्गदर्शन गर्ने बताउँदै ब्यूरोलाई धन्यवाद दिए। सहभागी विद्यार्थीहरूले पनि कार्यक्रमलाई प्रभावकारी र जीवनोपयोगी बताएका छन्। यस अभिमुखिकरणले लागुऔषध न्यूनीकरणको दिशामा विद्यालयस्तरबाट ठोस पहल गर्ने अपेक्षा गरिएको छ।






