नेपालगञ्ज । बाँकेको खजुरा गाउँपालिका–४ स्थित खजुरा मिनिपार्क एण्ड रिसोर्ट प्रा.लि. मा जुवातास खेलिरहेको अवस्थामा १३ जना पक्राउ परेका छन्।
जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार शुक्रबार राति करिब ९:३० बजे रिसोर्टको कोठा नम्बर १०५ मा हारजित हुने गरी जुवा खेलिरहेको भन्ने सूचनाका आधारमा इलाका प्रहरी कार्यालय धनौलीबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको हो।
प्रहरीले जुवाखालबाट नगद रु. १ लाख २८ हजार ३१०, खेलेको तास गड्डी २ थान तथा नखेलेको तास गड्डी ३ थान बरामद गरेको जनाएको छ।
पक्राउ पर्नेहरुमा प्रमोद केसी, एकराम हुसेन, दिपक केंडेल, अब्दुल मिया, सफिक खाँ, नबि हुसेन, जमालु दिन, साकिर अली बागवान, दुर्गा बोहरा, छविलाल गिरी, सुजन पुरी, नविन शाही र प्रेम गिरी रहेका छन्।
प्रहरीले पक्राउ परेकामाथि थप अनुसन्धान भइरहेको जनाएको छ।








