Surakshya Rastriya Dainik
बुधबार, १६ सेप्टेम्बर २०२६
ट्रेण्डिङ

कपिलवस्तु । कपिलवस्तुको शिवराज नगरपालिका–१ रेन्जर पोस्टस्थित पूर्व–पश्चिम महेन्द्र राजमार्गमा ट्राफिक प्रहरीले चेकजाँचका क्रममा भारतीय नम्बर प्लेटको कारबाट ठूलो परिमाणमा मदिरा बरामद गरेको छ ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय गोरुसिङ्गे, कपिलवस्तुका अनुसार मिति २०८३ जेठ २ गते बिहान करिब ११ बजे पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको DL4CNE9412 नम्बरको टोयटा कारलाई नियमित चेकजाँचका क्रममा रोकेको थियो ।
प्रहरीले सवारी साधनसँग सम्बन्धित भन्सार तथा अन्य आवश्यक कागजात माग गर्दा चालकले आवश्यक कागजात तत्काल प्रस्तुत गर्न नसकेको जनाएको छ । त्यसपछि उक्त कारलाई थप जाँचका लागि जिल्ला ट्राफिक प्रहरी कार्यालय गोरुसिङ्गे ल्याइएको थियो ।
प्रहरीका अनुसार कार चालकले “कागजात छुटेको छ, लिन जान्छु” भन्दै गएको तर लामो समयसम्म सम्पर्कमा नआएपछि शंका उत्पन्न भएको थियो । त्यसपछि सवारी साधनको थप खानतलासी गर्दा दोस्रो सिटको पछाडिपट्टि फल्स बटम बनाई लुकाइछिपाइ राखिएको अवस्थामा “For Sale In Haryana Only Made In India” लेखिएका २३३ बोतल मदिरा फेला परेको हो ।
बरामद मदिरा तथा कार आवश्यक अनुसन्धान र कारवाहीका लागि जिल्ला प्रहरी कार्यालय कपिलवस्तु पठाइएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

सम्पर्क जानकारी
Surakshya Rastriya Dainik Media Pvt. Ltd. | दर्ता नं.: 4290-2080/2081 | Banke | +977 9768462390 | surakshyarastriyadainik@gmail.com | विज्ञापन: marketing@surakshyarastriyadainik.com
हाम्रो टोली
प्रधान सम्पादक
सुरेश शाही
अध्यक्ष
सुर्य तिवारी
प्रमुख कार्यकारी
अपडेट हुँदै छ...
सम्पादक
अपडेट हुँदै छ...
निर्देशक
अपडेट हुँदै छ...
Copyright © 2026 Surakshyarastriyadainik Media Pvt. Ltd. All Rights Reserved.
Design & Developed by: E-Imagine Infotech