Surakshya Rastriya Dainik
बुधबार, १६ सेप्टेम्बर २०२६
ट्रेण्डिङ

काठमाडौं । काठमाडौंको सुन्धारास्थित केन्द्रीय कारागारबाट एक महिला कैदी फरार भएकी छन्।
फरार हुनेमा नुवाकोटको विदुर नगरपालिका घर भएकी २५ वर्षीया सपना तामाङ रहेको प्रहरीले जनाएको छ। महिला ब्लकमा रहेकी तामाङ शुक्रबार बिहान करिब साढे १ बजे कारागारको कम्पाउन्ड पर्खाल नाघेर फरार भएकी हुन्।
कारागार प्रमुख तथा कारागार प्रशासक कृष्ण चापागाईंका अनुसार तामाङ चोरी, शरीर बन्धक तथा ज्यान मार्ने उद्योगसम्बन्धी मुद्दामा जन्मकैदको सजाय भोगिरहेकी थिइन्।
प्रारम्भिक अनुसन्धानअनुसार उनले झ्यालबाट चढेर पर्खाल नाघ्दै भागेको खुलेको छ। यस घटनापछि सुरक्षा व्यवस्थामाथि समेत प्रश्न उठेको छ।
यसअघि जेनजी आन्दोलनको समयमा पनि फरार भएकी तामाङ दुई महिनापछि पक्राउ परेकी थिइन्।
प्रहरीले फरार तामाङको खोजीकार्य तीव्र पारिएको जनाएको छ भने घटनाबारे थप अनुसन्धान भइरहेको बताएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

सम्पर्क जानकारी
Surakshya Rastriya Dainik Media Pvt. Ltd. | दर्ता नं.: 4290-2080/2081 | Banke | +977 9768462390 | surakshyarastriyadainik@gmail.com | विज्ञापन: marketing@surakshyarastriyadainik.com
हाम्रो टोली
प्रधान सम्पादक
सुरेश शाही
अध्यक्ष
सुर्य तिवारी
प्रमुख कार्यकारी
अपडेट हुँदै छ...
सम्पादक
अपडेट हुँदै छ...
निर्देशक
अपडेट हुँदै छ...
Copyright © 2026 Surakshyarastriyadainik Media Pvt. Ltd. All Rights Reserved.
Design & Developed by: E-Imagine Infotech