ट्रेण्डिङ

ताजा अपडेट

काठमाडौं । दान बहादुर कार्की ले परम्परागत पुलिसिङ शैली त्याग्दै नवीन सोच, प्रविधिमैत्री सेवा र नागरिकमैत्री व्यवहारमार्फत प्रभावकारी प्रहरी सेवा प्रवाह गर्न निर्देशन दिएका छन्।
हालै सरुवा भई नयाँ कार्यक्षेत्रमा जान लागेका प्रहरी उपरीक्षक (एसपी) तथा प्रहरी नायव उपरीक्षक (डीएसपी) हरूलाई सोमबार नेपाल प्रहरी प्रधान कार्यालयमा सम्बोधन गर्दै आईजीपी कार्कीले नागरिकको अपेक्षालाई केन्द्रमा राखेर उत्कृष्ट कार्यसम्पादन गर्नुपर्नेमा जोड दिएका हुन्।
उनले बदलिँदो समयसँगै प्रहरी संगठनले पनि आफ्नो कार्यशैली परिवर्तन गर्नुपर्ने उल्लेख गर्दै प्रविधिको अधिकतम उपयोग, पारदर्शिता र उत्तरदायित्वलाई प्राथमिकतामा राख्न आग्रह गरे। साथै, जनतासँगको व्यवहारलाई थप सौहार्दपूर्ण र विश्वासिलो बनाउन निर्देशन दिएका छन्।
आईजीपी कार्कीले प्रहरी कर्मचारीलाई कानुनी शासनको पालना गर्दै निष्पक्ष र प्रभावकारी सेवा प्रवाह गर्न आग्रह गर्दै संगठनको छवि उकास्ने गरी काम गर्नुपर्ने बताएका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

सम्पर्क जानकारी
Surakshya Rastriya Dainik Media Pvt. Ltd. | दर्ता नं.: 4290-2080/2081 | Banke | +977 9768462390 | surakshyarastriyadainik@gmail.com | विज्ञापन: marketing@surakshyarastriyadainik.com
हाम्रो टोली
प्रधान सम्पादक
सुरेश शाही
अध्यक्ष
सुर्य तिवारी
प्रमुख कार्यकारी
अपडेट हुँदै छ...
सम्पादक
अपडेट हुँदै छ...
निर्देशक
अपडेट हुँदै छ...
Copyright © 2026 Surakshyarastriyadainik Media Pvt. Ltd. All Rights Reserved.
Design & Developed by: E-Imagine Infotech