Surakshya Rastriya Dainik
सोमबार, २७ जुलाई २०२६
ट्रेण्डिङ

काठमाडौं । जेनजी आन्दोलनका क्रममा गत भदौ २४ गते फरार भएका एक कैदी पुनः पक्राउ परेका छन्।
जिल्ला प्रहरी कार्यालय रामेछापले विक्रम भुजेललाई पुनः नियन्त्रणमा लिएको जनाएको छ। उनी रामेछाप नगरपालिका–१ क्षेत्रमा लुकिछिपी बसेको अवस्थामा पक्राउ परेका हुन्।
जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी निरीक्षक राजनप्रसाद तिम्सिनाका अनुसार भुजेलमाथि फरक क्षमता भएकी एक महिलामाथि जबरजस्ती करणी गरेको आरोप छ।
प्रहरीका अनुसार गत वैशाख ३१ गते ती महिलामाथि जबरजस्ती करणी भएको सूचना स्थानीयवासीमार्फत प्रहरीसम्म पुगेको थियो। घटनापछि भुजेल फरार रहेका थिए।
पक्राउपछि उनलाई हिरासतमा राखेर थप अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ। अनुसन्धानका लागि जिल्ला अदालतबाट सात दिनको म्यादसमेत लिइएको प्रहरी निरीक्षक तिम्सिनाले जानकारी दिए।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

सम्पर्क जानकारी
Surakshya Rastriya Dainik Media Pvt. Ltd. | दर्ता नं.: 4290-2080/2081 | Banke | +977 9768462390 | surakshyarastriyadainik@gmail.com | विज्ञापन: marketing@surakshyarastriyadainik.com
हाम्रो टोली
प्रधान सम्पादक
सुरेश शाही
अध्यक्ष
सुर्य तिवारी
प्रमुख कार्यकारी
अपडेट हुँदै छ...
सम्पादक
अपडेट हुँदै छ...
निर्देशक
अपडेट हुँदै छ...
Copyright © 2026 Surakshyarastriyadainik Media Pvt. Ltd. All Rights Reserved.
Design & Developed by: E-Imagine Infotech