Surakshya Rastriya Dainik
बुधबार, १६ सेप्टेम्बर २०२६
ट्रेण्डिङ

वीरगन्ज, पर्सा — मेडिकल व्यवसायी तथा ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउन महाअभियान नेपाल’ का संयोजक दुर्गा प्रसाईं पक्राउ परेका छन्।
उनी पर्साको वीरगन्जस्थित होटल दियालो लर्ड्सबाट जरुरी पक्राउ पुर्जीका आधारमा मंगलबार पक्राउ परेका हुन्। पक्राउपछि उनलाई जिल्ला प्रहरी कार्यालय पर्साको हिरासतमा राखिएको प्रहरीले जनाएको छ।
प्रसाईं आफ्नै अभियानअन्तर्गत आयोजना गरिएको कार्यक्रममा सहभागी हुन वीरगन्ज पुगेका थिए। उक्त कार्यक्रम बुधबारका लागि तय गरिएको थियो। तर कार्यक्रमको पूर्वसन्ध्यामै प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो।
जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार सामाजिक सञ्जाल टिकटकमा भाइरल भएको एक भिडियोमा उनले प्रधानमन्त्री तथा गृह मन्त्रालयको कार्यभार सम्हालिरहेका बालेन्द्र शाह र नेपाल प्रहरीका आईजीपी दान बहादुर कार्की बारे अशोभनीय टिप्पणी गरेको आरोप लागेको छ।
सोही विषयलाई आधार बनाएर प्रहरीले अनुसन्धान अगाडि बढाएको स्रोतले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

सम्पर्क जानकारी
Surakshya Rastriya Dainik Media Pvt. Ltd. | दर्ता नं.: 4290-2080/2081 | Banke | +977 9768462390 | surakshyarastriyadainik@gmail.com | विज्ञापन: marketing@surakshyarastriyadainik.com
हाम्रो टोली
प्रधान सम्पादक
सुरेश शाही
अध्यक्ष
सुर्य तिवारी
प्रमुख कार्यकारी
अपडेट हुँदै छ...
सम्पादक
अपडेट हुँदै छ...
निर्देशक
अपडेट हुँदै छ...
Copyright © 2026 Surakshyarastriyadainik Media Pvt. Ltd. All Rights Reserved.
Design & Developed by: E-Imagine Infotech