Surakshya Rastriya Dainik
बुधबार, १६ सेप्टेम्बर २०२६
ट्रेण्डिङ

झापा — झापाको मेचीनगर नगरपालिका–६, काँकडभिट्टाबाट आधा किलोभन्दा बढी सुन, अमेरिकी डलर र भारतीय रुपैयाँसहित एक भारतीय नागरिक पक्राउ परेका छन्।
सशस्त्र प्रहरी बल र भन्सार कार्यालयको संयुक्त टोलीले भारतबाट नेपालतर्फ सिटी सफारीमार्फत आउँदै गरेका भारतका ३९ वर्षीय परम पाठकलाई नियन्त्रणमा लिएको हो। जाँचका क्रममा उनको साथबाट ५७० ग्राम सुन, २० हजार अमेरिकी डलर तथा ८५ हजार ४ सय १० भारतीय रुपैयाँ बरामद गरिएको प्रहरीले जनाएको छ।
त्यसैगरी, उनको साथबाट भारतीय आधार कार्ड, दुई वटा मोबाइल सेट, एक थान हार्ड डिस्क, बैंक चेक तथा सात वटा सिमकार्ड समेत फेला परेको बताइएको छ।
बरामद सुन तथा अन्य सामग्रीसहित पाठकलाई आवश्यक कारबाहीका लागि मेची भन्सार कार्यालय काँकडभिट्टामा बुझाइएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको जनाइएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

सम्पर्क जानकारी
Surakshya Rastriya Dainik Media Pvt. Ltd. | दर्ता नं.: 4290-2080/2081 | Banke | +977 9768462390 | surakshyarastriyadainik@gmail.com | विज्ञापन: marketing@surakshyarastriyadainik.com
हाम्रो टोली
प्रधान सम्पादक
सुरेश शाही
अध्यक्ष
सुर्य तिवारी
प्रमुख कार्यकारी
अपडेट हुँदै छ...
सम्पादक
अपडेट हुँदै छ...
निर्देशक
अपडेट हुँदै छ...
Copyright © 2026 Surakshyarastriyadainik Media Pvt. Ltd. All Rights Reserved.
Design & Developed by: E-Imagine Infotech