बाँके । बैजनाथ गाउँपालिका क्षेत्रबाट प्रहरीले ब्राउन सुगरसहित एक युवकलाई पक्राउ गरेको छ।


जिल्ला प्रहरी कार्यालय बाँके का अनुसार बैजनाथ गाउँपालिका–१ मानखोलाबाट ११० मिलिग्राम ब्राउन सुगरसहित सोही स्थानका २४ वर्षीय समिर शाहीलाई प्रहरीले पक्राउ गरेको हो।
लागुऔषधको कारोबार भइरहेको विशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय चिसापानी बाट खटिएको प्रहरी टोलीले उनलाई नियन्त्रणमा लिएको जनाएको छ।
प्रहरीले पक्राउ परेका शाहीलाई आज बाँके जिल्ला अदालत मा पेश गरी थप अनुसन्धान अगाडि बढाइएको जानकारी दिएको छ।





