ट्रेण्डिङ

ताजा अपडेट

रुकुम पश्चिम । रुकुम पश्चिमको सानीभेरी गाउँपालिका–११ का वडासचिव रणवीर ओली मदिरा सेवन गरेर कार्यालय पुगेको घटना सार्वजनिक भएको छ । घटना हिजोको भएको बताइएको छ ।
स्थानीयका अनुसार वडासचिव ओली मदिरा सेवन गरेर कार्यालय पुगेपछि सोफामा लम्पसार परेका थिए । सेवा लिन पुगेका सेवाग्राहीमाथि उनले दुर्व्यवहारसमेत गरेको आरोप लागेको छ । सेवाग्राहीलाई ‘म तिमीहरूको काम गर्दिन’ भन्दै हप्काएको स्थानीयको भनाइ छ ।
एक सेवाग्राहीले भने, “उहाँ मदिरा सेवन गरेर आएर सुतेका रहेछन् । सेवा लिन गएका मानिसलाई थर्काइरहनुभएको थियो ।”
स्थानीय स्रोतका अनुसार सार्वजनिक सेवामा रहेका कर्मचारी मदिरा सेवन गरेर कार्यालय आउनु आचरणविपरीत र लज्जास्पद भएको भन्दै सरोकारवाला निकायले घटनालाई गम्भीर रूपमा लिनुपर्ने माग गरिएको छ ।
यस विषयमा वडाध्यक्ष भूपालसिंह ओलीले आफूले घटनाबारे जानकारी पाएको बताएका छन् । उनका अनुसार वडासचिव ओली त्यसदिन बिदामा थिए । तर, एक सेवाग्राहीलाई विवाह दर्ता आवश्यक परेपछि आफूले नै कार्यालय आउन आग्रह गरेको उनले बताए ।
“उहाँ बिदामा हुनुहुन्थ्यो । एक जना सेवाग्राहीलाई अत्यावश्यक काम परेपछि मैले नै बोलाएको हुँ । तर, यस्तो घटना भएछ,” वडाध्यक्ष ओलीले भने ।
घटनापछि स्थानीयले वडासचिवमाथि छानबिन गरी आवश्यक कारबाही गर्न माग गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

सम्पर्क जानकारी
Surakshya Rastriya Dainik Media Pvt. Ltd. | दर्ता नं.: 4290-2080/2081 | Banke | +977 9768462390 | surakshyarastriyadainik@gmail.com | विज्ञापन: marketing@surakshyarastriyadainik.com
हाम्रो टोली
प्रधान सम्पादक
सुरेश शाही
अध्यक्ष
सुर्य तिवारी
प्रमुख कार्यकारी
अपडेट हुँदै छ...
सम्पादक
अपडेट हुँदै छ...
निर्देशक
अपडेट हुँदै छ...
Copyright © 2026 Surakshyarastriyadainik Media Pvt. Ltd. All Rights Reserved.
Design & Developed by: E-Imagine Infotech