Surakshya Rastriya Dainik
शुक्रबार, ९ अक्टोबर २०२६
ट्रेण्डिङ

काठमाडौं । गृह मन्त्रालयले ६ जना सहसचिवको सरुवा गर्दै विभिन्न जिल्लाका प्रमुख जिल्ला अधिकारी (सीडीओ) परिवर्तन गरेको छ। मंगलबार गरिएको सरुवासँगै ललितपुर, भक्तपुर, दाङ, सिन्धुपाल्चोक, रुपन्देही लगायत जिल्लामा नयाँ सीडीओ खटिएका हुन्।
सरुवा अनुसार नरहरी घिमिरेलाई ललितपुर, विनोद कुमार खड्कालाई भक्तपुर, निश्चलराज पाण्डेलाई दाङ, शशीधर घिमिरेलाई सिन्धुपाल्चोक तथा विश्वप्रकाश अर्याललाई रुपन्देहीको प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी दिइएको छ।
यस्तै रुपन्देहीका प्रमुख जिल्ला अधिकारी रहेका सहसचिव माधव प्रसाद पोखरेललाई कारागार व्यवस्थापन विभागको महानिर्देशकको जिम्मेवारी दिइएको गृह मन्त्रालयले जनाएको छ।
यसैबीच मन्त्रालयले दुई उपसचिवको पनि सरुवा गरेको छ। सरुवा अनुसार उपसचिव निशानराज गौतमलाई जिल्ला प्रशासन कार्यालय रुकुम पश्चिम पठाइएको छ भने रुकुम पश्चिमका प्रमुख जिल्ला अधिकारी दिनेश प्रसाद थानीलाई गृह मन्त्रालयमा तानिएको छ।
मंगलबारको सरुवासँगै ६ जिल्लाका प्रमुख जिल्ला अधिकारी फेरिएका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

सम्पर्क जानकारी
Surakshya Rastriya Dainik Media Pvt. Ltd. | दर्ता नं.: 4290-2080/2081 | Banke | +977 9768462390 | surakshyarastriyadainik@gmail.com | विज्ञापन: marketing@surakshyarastriyadainik.com
हाम्रो टोली
प्रधान सम्पादक
सुरेश शाही
अध्यक्ष
सुर्य तिवारी
प्रमुख कार्यकारी
अपडेट हुँदै छ...
सम्पादक
अपडेट हुँदै छ...
निर्देशक
अपडेट हुँदै छ...
Copyright © 2026 Surakshyarastriyadainik Media Pvt. Ltd. All Rights Reserved.
Design & Developed by: E-Imagine Infotech