Surakshya Rastriya Dainik
शनिबार, १२ सेप्टेम्बर २०२६
ट्रेण्डिङ

रुपन्देही, ०७ जेठ २०८३ – इलाका प्रहरी कार्यालय मर्चवार को आयोजनामा सम्मरीमाई गाउँपालिका–३ स्थित प्रहरी कार्यालय परिसरमा सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ।
कार्यक्रममा जनक बहादुर शाही को प्रमुख आतिथ्यता रहेको थियो। विशेष अतिथिका रूपमा विनोद कुमार श्रीवास्तव तथा गया प्रसाद वरई ले कार्यक्रमलाई सम्बोधन गरेका थिए।
इलाका प्रहरी कार्यालय मर्चवारका प्रमुख प्रहरी निरीक्षक धन रावल को नेतृत्वमा सम्पन्न कार्यक्रममा स्थानीय जनप्रतिनिधि, विभिन्न संघसंस्थाका प्रतिनिधि, आमा समूह, स्थानीय बुद्धिजीवी तथा समाजसेवीसहित करिब १८० जनाको सहभागिता रहेको थियो।
कार्यक्रममा सहभागीहरूले स्थानीय स्तरका समस्या, गुनासा तथा सुझावहरू राखेका थिए। सार्वजनिक सुनुवाईमार्फत प्रहरी र नागरिकबीचको सम्बन्ध अझ सुदृढ बनाउने तथा जनचासोका विषयमा समाधान खोज्ने प्रयास गरिएको आयोजकले जनाएको छ।
स्थानीयवासीले यस्ता कार्यक्रमले नागरिक र प्रहरीबीच आपसी विश्वास बढाउन महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरेका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

सम्पर्क जानकारी
Surakshya Rastriya Dainik Media Pvt. Ltd. | दर्ता नं.: 4290-2080/2081 | Banke | +977 9768462390 | surakshyarastriyadainik@gmail.com | विज्ञापन: marketing@surakshyarastriyadainik.com
हाम्रो टोली
प्रधान सम्पादक
सुरेश शाही
अध्यक्ष
सुर्य तिवारी
प्रमुख कार्यकारी
अपडेट हुँदै छ...
सम्पादक
अपडेट हुँदै छ...
निर्देशक
अपडेट हुँदै छ...
Copyright © 2026 Surakshyarastriyadainik Media Pvt. Ltd. All Rights Reserved.
Design & Developed by: E-Imagine Infotech