ट्रेण्डिङ

ताजा अपडेट

काठमाडौं – काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय को विशेष टोलीले काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका–८ गोठाटारबाट पेस्तोल र म्याग्जिनसहित एक युवकलाई पक्राउ गरेको छ।
अवैध रूपमा हतियार राखेको अभियोगमा सुनसरीको धरान उपमहानगरपालिका–१७ घर भई हाल कागेश्वरी मनोहरा नगरपालिका–६ बस्दै आएका २३ वर्षीय सन्दिप परियार लाई मंगलबार पक्राउ गरिएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार गोठाटार क्षेत्रमा बिग्रिएर रोकिएको बा ४ ख ५२४१ नम्बरको गाडीमा खानतलासी गर्ने क्रममा सिटमुनि लुकाइ–छिपाइ राखिएको १ थान पेस्तोल र त्यसको १ थान म्याग्जिन बरामद गरिएको हो।
विशेष सूचनाका आधारमा निगरानी बढाएर गरिएको अनुसन्धानपछि हतियार फेला परेको प्रहरीले जनाएको छ। पक्राउ परेका परियारलाई हातहतियार तथा खरखजाना सम्बन्धी कसुरमा थप अनुसन्धान तथा कानुनी कारबाहीका लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको छ।
प्रहरीले परियारको आपराधिक पृष्ठभूमि, हतियारको स्रोत तथा उक्त हतियार कुन प्रयोजनका लागि लुकाएर राखिएको थियो भन्ने विषयमा थप अनुसन्धान भइरहेको जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

सम्पर्क जानकारी
Surakshya Rastriya Dainik Media Pvt. Ltd. | दर्ता नं.: 4290-2080/2081 | Banke | +977 9768462390 | surakshyarastriyadainik@gmail.com | विज्ञापन: marketing@surakshyarastriyadainik.com
हाम्रो टोली
प्रधान सम्पादक
सुरेश शाही
अध्यक्ष
सुर्य तिवारी
प्रमुख कार्यकारी
अपडेट हुँदै छ...
सम्पादक
अपडेट हुँदै छ...
निर्देशक
अपडेट हुँदै छ...
Copyright © 2026 Surakshyarastriyadainik Media Pvt. Ltd. All Rights Reserved.
Design & Developed by: E-Imagine Infotech