नेपालगञ्ज, बाँके । जिल्ला प्रहरी कार्यालय बाँकेले Zen Z आन्दोलनका क्रममा कारागारबाट फरार भएका एक कैदीलाई पक्राउ गरेको जनाएको छ।
जिल्ला प्रहरी कार्यालय नेपालगञ्ज, बाँकेद्वारा जारी प्रेस विज्ञप्तिअनुसार २०८२ साल ०५ गते नौबस्ता कारागारबाट फरार भएका कमल थापालाई विशेष सूचनाको आधारमा प्रहरीले पक्राउ गरेको हो।
प्रहरीका अनुसार फरार रहेका थापालाई २०८३ साल ०२ गते ०६ गते नेपालगञ्ज उपमहानगरपालिका–६ क्षेत्रबाट पक्राउ गरिएको थियो। पक्राउपछि आवश्यक कानुनी कारबाही प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ।
पक्राउ पर्ने कमल थापा जाजरकोट जिल्ला नलगाड नगरपालिका–३ निवासी हुन्। उनीमाथि जबरजस्ती करणी मुद्दा रहेको र चार वर्ष कैद तथा तीन लाख रुपैयाँ जरिवाना सजाय बाँकी रहेको उल्लेख गरिएको छ।
प्रहरी निरीक्षक तथा सूचना अधिकारी रमेश बिधले जारी गरेको विज्ञप्तिमा फरार अभियुक्तहरूको खोजी कार्यलाई अझ प्रभावकारी बनाइएको पनि उल्लेख गरिएको छ।







