ट्रेण्डिङ

बर्दिया । बर्दिया प्रहरीले चेक अनादर मुद्दामा दोषी ठहर भएका दुई महिला फरार प्रतिवादीलाई पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय बर्दियाबाट खटिएको टोलीले चेक अनादर मुद्दामा फरार रहेका बाँसगढी नगरपालिका-५ का ४४ वर्षीया अन्जना दहाल र २५ वर्षीया अनुपमा दहाललाई पक्राउ गरेको हो।

पक्राउ परेका दुबै जना २०८२ मंसिर ९ गते बर्दिया जिल्ला अदालतको फैसलामा चेक अनादर मुद्दामा दोषी ठहर भएका थिए । प्रहरीका अनुसार दुबै जनालाई जनही १ हजार रुपैयाँ जरिवाना गरिएको थियो।

अदालतको आदेश पश्चात् जरिवाना नतिरी फरार रहेको अवस्थामा उनीहरुलाई घरमै बसिरहेको अवस्थामा पक्राउ गरिएको बर्दिया प्रहरीले जनाएको छ। प्रहरीले दुबै जनालाई आवश्यक कारबाहीका लागि बर्दिया जिल्ला अदालत पेश गरिएको जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

सम्पर्क जानकारी
Surakshya Rastriya Dainik Media Pvt. Ltd. | दर्ता नं.: 4290-2080/2081 | Banke | +977 9768462390 | surakshyarastriyadainik@gmail.com | विज्ञापन: marketing@surakshyarastriyadainik.com
हाम्रो टोली
प्रधान सम्पादक
सुरेश शाही
अध्यक्ष
सुर्य तिवारी
प्रमुख कार्यकारी
अपडेट हुँदै छ...
सम्पादक
अपडेट हुँदै छ...
निर्देशक
अपडेट हुँदै छ...
Copyright © 2026 Surakshyarastriyadainik Media Pvt. Ltd. All Rights Reserved.
Design & Developed by: E-Imagine Infotech