Surakshya Rastriya Dainik
आइतबार, २६ जुलाई २०२६
ट्रेण्डिङ

बाजुरा । नेपाल प्रहरी अन्तर्गत सुदूरपश्चिम प्रदेशको बाजुरा जिल्लामा पहिलो पटक महिला प्रहरी अधिकृतले सुरक्षा नेतृत्व सम्हालेकी छन् । प्रहरी प्रधान कार्यालयले प्रहरी नायव उपरीक्षक (डीएसपी) शैलेश्वरी बोहरालाई जिल्ला प्रहरी कार्यालय बाजुराको प्रमुखका रूपमा खटाएपछि जिल्लाको सुरक्षा कमाण्ड अब महिला अधिकृतको काँधमा पुगेको हो ।
यसअघि बाजुरामा कार्यरत डीएसपी इकबाल हवारीको नुवाकोट जिल्ला प्रहरी कार्यालयमा सरुवा भएपछि बोहरालाई बाजुराको जिम्मेवारी दिइएको हो । उनको नियुक्तिसँगै बाजुरामा महिला नेतृत्वप्रति सकारात्मक सन्देश गएको स्थानीयवासीले बताएका छन् ।
दुर्गम जिल्ला मानिने बाजुरामा महिला प्रहरी अधिकृतले सुरक्षा नेतृत्व सम्हाल्नु केवल संगठनात्मक परिवर्तन मात्र नभई महिला सशक्तीकरण र नेतृत्व क्षमताको महत्वपूर्ण उदाहरणका रूपमा समेत हेरिएको छ ।
प्रहरी वृत्तमा डीएसपी बोहरा सम्भवतः सुदूरपश्चिम प्रदेशमै जिल्ला प्रहरी कार्यालयको कमाण्ड सम्हाल्ने पहिलो महिला प्रहरी अधिकृत बनेकी हुन् । यो नियुक्तिलाई नेपाल प्रहरी संगठनभित्र महिला नेतृत्व विस्तारको महत्वपूर्ण उपलब्धिका रूपमा समेत चर्चा गरिएको छ ।
प्रहरी संगठनभित्र डीएसपी बोहरा अनुसन्धानमा दक्ष, अनुशासित तथा परिणाममुखी अधिकृतका रूपमा परिचित छिन् । विशेषगरी अपराध अनुसन्धान, शान्ति सुरक्षा व्यवस्थापन तथा समन्वयात्मक कार्यशैलीमा उनको अनुभव प्रभावकारी मानिन्छ ।
स्थानीय सरोकारवालाले बोहराको नेतृत्वले बाजुराको शान्ति सुरक्षा व्यवस्थापन थप प्रभावकारी बन्ने विश्वास व्यक्त गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

सम्पर्क जानकारी
Surakshya Rastriya Dainik Media Pvt. Ltd. | दर्ता नं.: 4290-2080/2081 | Banke | +977 9768462390 | surakshyarastriyadainik@gmail.com | विज्ञापन: marketing@surakshyarastriyadainik.com
हाम्रो टोली
प्रधान सम्पादक
सुरेश शाही
अध्यक्ष
सुर्य तिवारी
प्रमुख कार्यकारी
अपडेट हुँदै छ...
सम्पादक
अपडेट हुँदै छ...
निर्देशक
अपडेट हुँदै छ...
Copyright © 2026 Surakshyarastriyadainik Media Pvt. Ltd. All Rights Reserved.
Design & Developed by: E-Imagine Infotech