ट्रेण्डिङ

काठमाडौं । अमेरिकी सहयोग परियोजना एमसीसी अन्तर्गत निर्माण भइरहेको नुवाकोटको रातमाटे सबस्टेशनमा कार्यरत कामदारहरूले तलब नपाएको भन्दै आन्दोलन गरेका छन् ।
कामदारहरूले निर्माण कम्पनी टेक्नो इलेक्ट्रिक र एमसीए नेपालले लामो समयदेखि तलब भुक्तानी नगरेको आरोप लगाएका छन् । तलब माग गर्दै उनीहरूले कार्यस्थल बाहिर धर्ना दिएका छन् । कामदारहरूलाई साइटभित्र प्रवेश गर्न नदिइएको बताइएको छ ।
स्थिति तनावग्रस्त बनेपछि आन्दोलन नियन्त्रण गर्न व्यापक रूपमा प्रहरी परिचालन गरिएको छ । आन्दोलनरत कामदारहरूले आफूहरूको श्रमको उचित मूल्य नपाएको गुनासो गरेका छन् ।
एमसीसी परियोजनाअन्तर्गत नेपालमा विद्युत् प्रसारण लाइन तथा पूर्वाधार निर्माणका विभिन्न काम भइरहेका छन् । उक्त परियोजनामा करिब ८५ अर्ब रुपैयाँ खर्च हुने बताइएको छ । सम्झौताअनुसार नेपाल सरकारले पनि १ अर्ब ९८ करोड रुपैयाँ लगानी गर्ने उल्लेख छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

सम्पर्क जानकारी
Surakshya Rastriya Dainik Media Pvt. Ltd. | दर्ता नं.: 4290-2080/2081 | Banke | +977 9768462390 | surakshyarastriyadainik@gmail.com | विज्ञापन: marketing@surakshyarastriyadainik.com
हाम्रो टोली
प्रधान सम्पादक
सुरेश शाही
अध्यक्ष
सुर्य तिवारी
प्रमुख कार्यकारी
अपडेट हुँदै छ...
सम्पादक
अपडेट हुँदै छ...
निर्देशक
अपडेट हुँदै छ...
Copyright © 2026 Surakshyarastriyadainik Media Pvt. Ltd. All Rights Reserved.
Design & Developed by: E-Imagine Infotech