ट्रेण्डिङ

बाँके, नेपालगञ्ज — सीमा सुरक्षालाई थप प्रभावकारी बनाउने अभियानअन्तर्गत सशस्त्र प्रहरी बल नेपाल नं. ३० गण हेडक्वार्टर, बागेश्वरी बाँकेको सक्रिय परिचालनमा ठूलो मात्रामा लागूऔषध बरामद गरिएको छ।
गणपति (गण प्रमुख) को प्रत्यक्ष निर्देशन तथा विशेष निगरानीमा सीमा क्षेत्रमा चोरी–तस्करी, लागूऔषध ओसारपसार तथा अन्य अवैध गतिविधि नियन्त्रणका लागि विगत केही दिनदेखि विशेष सुरक्षा अभियान सञ्चालन हुँदै आएको बताइएको छ।
सोही अभियानअन्तर्गत मातहत बेनवी कालाबन्जरबाट खटिएको सशस्त्र प्रहरी टोलीले नेपालगञ्ज उपमहानगरपालिका–१५ पिपराहा सीमा क्षेत्रमा चेकजाँच गर्ने क्रममा करिब ५.५ किलोग्राम अफिमजस्तो देखिने पदार्थ तथा ५ ग्राम चरेसजस्तो देखिने कालो पदार्थ बरामद गरेको हो।
सशस्त्र प्रहरीले लागूऔषधसहित संलग्न एक जनालाई पक्राउ गरी आवश्यक अनुसन्धान तथा कानुनी कारबाहीका लागि सम्बन्धित निकायमा बुझाएको जनाएको छ। पक्राउ परेका व्यक्तिको परिचय भने हालसम्म सार्वजनिक गरिएको छैन।
सीमा सुरक्षालाई प्रभावकारी, प्रविधिमैत्री तथा परिणाममुखी बनाउने उद्देश्यसहित नं. ३० गणले पछिल्ला दिनहरूमा सीमा अपराध नियन्त्रण अभियानलाई तीव्रता दिएको छ। चोरी–तस्करी नियन्त्रण, लागूऔषध बरामद तथा सीमा अपराध न्यूनीकरणमा हासिल उपलब्धिले संगठनको सक्रियता र कार्यकुशलता थप पुष्टि गरेको स्थानीय सुरक्षा अधिकारीहरूको भनाइ छ।
सशस्त्र प्रहरी बल नेपाल ले सीमा क्षेत्रमा हुने सबै प्रकारका अवैध गतिविधि नियन्त्रण गर्दै शान्ति, सुरक्षा र कानुनी शासन कायम गर्न यस्ता अभियानलाई अझ प्रभावकारी रूपमा निरन्तरता दिने जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

सम्पर्क जानकारी
Surakshya Rastriya Dainik Media Pvt. Ltd. | दर्ता नं.: 4290-2080/2081 | Banke | +977 9768462390 | surakshyarastriyadainik@gmail.com | विज्ञापन: marketing@surakshyarastriyadainik.com
हाम्रो टोली
प्रधान सम्पादक
सुरेश शाही
अध्यक्ष
सुर्य तिवारी
प्रमुख कार्यकारी
अपडेट हुँदै छ...
सम्पादक
अपडेट हुँदै छ...
निर्देशक
अपडेट हुँदै छ...
Copyright © 2026 Surakshyarastriyadainik Media Pvt. Ltd. All Rights Reserved.
Design & Developed by: E-Imagine Infotech