ट्रेण्डिङ

ताजा अपडेट

बाँके । बाँके प्रहरीले बैंकिङ कसूर तथा चेक अनादर मुद्दामा फरार रहेका एक प्रतिवादीलाई पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार कोहलपुर नगरपालिका–१० निवासी चन्द्र बहादुर रानाका ३४ वर्षीय छोरा कुलिन भन्ने अभिनाश रानालाई पक्राउ गरिएको हो।
सम्मानित बाँके जिल्ला अदालत, नेपालगंजबाट विभिन्न मुद्दामा कैद तथा बिगो जरिबाना फैसला भएपछि फरार रहेका रानालाई इलाका प्रहरी कार्यालय कोहलपुरबाट खटिएको प्रहरी टोलीले मिति २०८३ जेठ ११ गते पक्राउ गरेको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार पक्राउ परेका रानाविरुद्ध दुई वटा बैंकिङ कसूर तथा एक चेक अनादर मुद्दामा सजाय तोकिएको थियो। अदालतले उनलाई एक मुद्दामा २ महिना कैद र १ करोड ३० लाख रुपैयाँ जरिबाना, अर्को बैंकिङ कसूर मुद्दामा ९ दिन कैदसहित १६ लाख ५० हजार रुपैयाँ जरिबाना तथा चेक अनादर मुद्दामा २ वर्ष कैद सजाय सुनाएको थियो।
पक्राउपछि उनलाई आवश्यक कारवाहीका लागि बाँके जिल्ला अदालत, नेपालगंजमा बुझाइएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

सम्पर्क जानकारी
Surakshya Rastriya Dainik Media Pvt. Ltd. | दर्ता नं.: 4290-2080/2081 | Banke | +977 9768462390 | surakshyarastriyadainik@gmail.com | विज्ञापन: marketing@surakshyarastriyadainik.com
हाम्रो टोली
प्रधान सम्पादक
सुरेश शाही
अध्यक्ष
सुर्य तिवारी
प्रमुख कार्यकारी
अपडेट हुँदै छ...
सम्पादक
अपडेट हुँदै छ...
निर्देशक
अपडेट हुँदै छ...
Copyright © 2026 Surakshyarastriyadainik Media Pvt. Ltd. All Rights Reserved.
Design & Developed by: E-Imagine Infotech