Surakshya Rastriya Dainik
शुक्रबार, ९ अक्टोबर २०२६
ट्रेण्डिङ

 

काठमाडौं। चर्चित टिकटकर तुलसा अधिकारी (तुलसी अधिकारी) लाई थाइल्यान्डबाट पक्राउ गरी नेपाल ल्याइएको छ। हाल उनलाई जिल्ला प्रहरी परिसर ललितपुरको हिरासतमा राखिएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार अधिकारीविरुद्ध अन्तर्राष्ट्रिय स्तरमा खोजीका लागि रेड नोटिस जारी गरिएको थियो। उनीविरुद्ध ६ करोड ५२ लाख २९ हजार ७५ रुपैयाँ ठगी गरेको आरोपमा जिल्ला सरकारी वकिल कार्यालय ललितपुरले चार महिनाअघि ललितपुर जिल्ला अदालतमा मुद्दा दायर गरेको थियो।

प्रहरीले जनाएको अनुसार परिवर्तित नाम ‘शंकर चिमोरिया’ ले दिएको जाहेरीका आधारमा अधिकारीमाथि हनी ट्र्यापमार्फत आपराधिक लाभ लिएको तथा ठगी गरेको आरोप लगाइएको छ। सोही आधारमा उनीविरुद्ध आपराधिक लाभ, ठगी तथा सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा मुद्दा दर्ता गरिएको छ।

प्रहरीले उक्त प्रकरणमा थप अनुसन्धान जारी रहेको जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

सम्पर्क जानकारी
Surakshya Rastriya Dainik Media Pvt. Ltd. | दर्ता नं.: 4290-2080/2081 | Banke | +977 9768462390 | surakshyarastriyadainik@gmail.com | विज्ञापन: marketing@surakshyarastriyadainik.com
हाम्रो टोली
प्रधान सम्पादक
सुरेश शाही
अध्यक्ष
सुर्य तिवारी
प्रमुख कार्यकारी
अपडेट हुँदै छ...
सम्पादक
अपडेट हुँदै छ...
निर्देशक
अपडेट हुँदै छ...
Copyright © 2026 Surakshyarastriyadainik Media Pvt. Ltd. All Rights Reserved.
Design & Developed by: E-Imagine Infotech