Surakshya Rastriya Dainik
बुधबार, १६ सेप्टेम्बर २०२६
ट्रेण्डिङ

काठमाडौं । काठमाडौंको पर्यटकीय क्षेत्र ठमेलस्थित एक होटलबाट १५ जना बंगलादेशी नागरिक पक्राउ परेका छन्।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले ठमेलस्थित होटल एसीई को चौथो, पाँचौं र छैटौं तलामा छापा मारेर उनीहरूलाई नियन्त्रणमा लिएको हो।
प्रहरीका अनुसार उनीहरू भिजिट भिसामा नेपाल आएर भिसाको उद्देश्यविपरीत गतिविधिमा संलग्न रहेको आरोपमा पक्राउ परेका हुन्। पक्राउ पर्नेहरू १९ देखि ३० वर्ष उमेर समूहका बंगलादेशी पुरुषहरू रहेका छन्।
पक्राउ पर्नेहरूमा एमडि मजिदुल इस्लाम रेडोय, सफिउल इस्लाम, अपोन चन्दा साहा, अब्दुल्लाह अल जोबायेर, अबुल हसनाई, अल साहरियार, फैसल, आजाद हुसेन, एमडि अजमेन, एमडि तामिम हसन सौरभ, एमडि जकारिया जन्नत, सकिल अनवर, हरजोत बिल्लाल राफत, ओमित हसन सेकात तथा एमडि इस्लाम हसन स्वाधिन रहेका छन्।
प्रारम्भिक अनुसन्धानबाट उनीहरूले होटलका कोठा भाडामा लिएर विदेशी मोडल तथा युवतीहरूको नाममा नक्कली फेसबुक अकाउन्ट सञ्चालन गर्दै विभिन्न व्यक्तिसँग अनलाइन संवाद गरी अवैध गतिविधि गरिरहेको खुलेको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार सामाजिक सञ्जालमार्फत व्यक्तिहरूलाई आकर्षित गरी विभिन्न प्रकारका साइबर गतिविधि सञ्चालन गरिएको आशंका गरिएको छ। घटनाबारे थप अनुसन्धान जारी रहेको छ।
पक्राउ परेका सबैलाई आवश्यक कारबाहीका लागि अध्यागमन विभाग, कालिकास्थानमा बुझाइएको प्रहरीले जनाएको छ।
हालै नेपालमा भिजिट भिसाको दुरुपयोग गर्दै साइबर अपराध तथा अन्य अनधिकृत गतिविधिमा संलग्न विदेशी नागरिकमाथि निगरानी बढाइएको छ। सोही अभियानअन्तर्गत ठमेलमा गरिएको अपरेशनमा १५ जना बंगलादेशी नागरिक पक्राउ परेका हुन्।
प्रहरीले घटनासम्बन्धी थप विवरण संकलन तथा अनुसन्धान भइरहेको जानकारी दिएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

सम्पर्क जानकारी
Surakshya Rastriya Dainik Media Pvt. Ltd. | दर्ता नं.: 4290-2080/2081 | Banke | +977 9768462390 | surakshyarastriyadainik@gmail.com | विज्ञापन: marketing@surakshyarastriyadainik.com
हाम्रो टोली
प्रधान सम्पादक
सुरेश शाही
अध्यक्ष
सुर्य तिवारी
प्रमुख कार्यकारी
अपडेट हुँदै छ...
सम्पादक
अपडेट हुँदै छ...
निर्देशक
अपडेट हुँदै छ...
Copyright © 2026 Surakshyarastriyadainik Media Pvt. Ltd. All Rights Reserved.
Design & Developed by: E-Imagine Infotech