Surakshya Rastriya Dainik
मंगलबार, २८ जुलाई २०२६
ट्रेण्डिङ

काठमाडौं। नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दान बहादुर कार्कीले जिल्ला ट्राफिक प्रहरी कार्यालय भक्तपुरकी प्रमुख प्रहरी निरीक्षक झरना सोनारलाई सम्मान गर्नुभएको छ।

भक्तपुर जिल्लामा ट्राफिक व्यवस्थापनलाई प्रभावकारी, व्यवस्थित तथा नागरिकमैत्री बनाउन उल्लेखनीय भूमिका निर्वाह गरेको मूल्यांकनका आधारमा प्रहरी निरीक्षक सोनारलाई प्रशंसापत्रसहित सम्मान गरिएको हो।

नेपाल प्रहरी प्रधान कार्यालयमा आयोजित कार्यक्रममा आईजीपी कार्कीले ट्राफिक व्यवस्थापन क्षेत्रमा सोनारले देखाएको नेतृत्व, सक्रियता र कार्यकुशलताको प्रशंसा गर्नुभयो। सवारी व्यवस्थापन, सडक अनुशासन कायम गर्ने अभियान, ट्राफिक नियमप्रति जनचेतना अभिवृद्धि तथा विभिन्न सचेतनामूलक कार्यक्रम सञ्चालनमा उनको भूमिका प्रभावकारी रहेको प्रहरी प्रधान कार्यालयले जनाएको छ।

त्यसैगरी, ट्राफिक सम्बन्धी सूचना, जनचेतना तथा व्यावसायिक अनुभव आदानप्रदान गर्ने माध्यमका रूपमा परिचित “ट्राफिक पुलिस मिरर” मा समेत उल्लेखनीय योगदान पुर्‍याएको भन्दै उनलाई विशेष रूपमा कदर गरिएको छ। ट्राफिक व्यवस्थापनका नवीन अभ्यास, सचेतनामूलक सामग्री तथा जनमुखी अभियानलाई प्राथमिकता दिँदै आएको उनको कार्यशैलीले संगठनभित्र र बाहिर सकारात्मक सन्देश प्रवाह गरेको बताइएको छ।

हाल जिल्ला ट्राफिक प्रहरी कार्यालय भक्तपुरको प्रमुखको जिम्मेवारी सम्हालिरहेकी प्रहरी निरीक्षक सोनार ट्राफिक प्रहरी संगठनभित्र मेहनती, अनुशासित तथा परिणाममुखी अधिकृतका रूपमा परिचित छिन्। उनको नेतृत्वमा भक्तपुर जिल्लाको ट्राफिक व्यवस्थापन थप प्रभावकारी बनेको र नागरिकबाट समेत सकारात्मक प्रतिक्रिया प्राप्त भइरहेको प्रहरी स्रोतले जनाएको छ।

उनको सम्मानले संगठनभित्र उत्कृष्ट कार्यसम्पादन गर्ने प्रहरी कर्मचारीलाई थप हौसला र प्रेरणा मिल्ने विश्वास व्यक्त गरिएको छ। साथै, व्यावसायिक दक्षता, इमान्दारिता र समर्पणका साथ कार्य गर्ने प्रहरी अधिकृतहरूको योगदानलाई संगठनले उचित मूल्यांकन गर्दै आएको सन्देश समेत यस सम्मानले दिएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

सम्पर्क जानकारी
Surakshya Rastriya Dainik Media Pvt. Ltd. | दर्ता नं.: 4290-2080/2081 | Banke | +977 9768462390 | surakshyarastriyadainik@gmail.com | विज्ञापन: marketing@surakshyarastriyadainik.com
हाम्रो टोली
प्रधान सम्पादक
सुरेश शाही
अध्यक्ष
सुर्य तिवारी
प्रमुख कार्यकारी
अपडेट हुँदै छ...
सम्पादक
अपडेट हुँदै छ...
निर्देशक
अपडेट हुँदै छ...
Copyright © 2026 Surakshyarastriyadainik Media Pvt. Ltd. All Rights Reserved.
Design & Developed by: E-Imagine Infotech