ट्रेण्डिङ

कोहलपुर । बाँकेको कोहलपुर नगरपालिका–२ मा लागूऔषध (ब्राउन सुगर) कारोबार भइरहेको भन्ने विशेष सूचनाका आधारमा प्रहरीले छापा मारेर ४ जनालाई पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार २०८३ जेठ १८ गते इलाका प्रहरी कार्यालय कोहलपुरबाट खटिएको प्रहरी टोलीले कोहलपुर–२ निवासी द्वारीका प्रसाद थारुको घरमा खानतलासी तथा चेकजाँच गर्दा ७ ग्राम ५६० मिलिग्राम ब्राउन सुगर जस्तो देखिने पदार्थ बरामद गरेको हो।
घटनाको अनुसन्धानका क्रममा प्रहरीले कोहलपुर–२ का ४२ वर्षीय द्वारीका प्रसाद थारु, २२ वर्षीय समिर विक, २८ वर्षीय राकेश चौधरी तथा बैजनाथ गाउँपालिका–५ का २४ वर्षीय ओमकान्त थारु लाई पक्राउ गरेको जनाएको छ।
पक्राउ परेका चारै जनामाथि लागूऔषध सम्बन्धी कसुरमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ। यस सम्बन्धमा बाँके जिल्ला अदालतबाट ७ दिनको म्याद थप अनुमति लिई थप अनुसन्धान अगाडि बढाइएको प्रहरीले जानकारी दिएको छ।
प्रहरीले घटनास्थलबाट बरामद गरिएको पदार्थ परीक्षण तथा अन्य प्रमाण संकलनको कार्य जारी रहेको जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

सम्पर्क जानकारी
Surakshya Rastriya Dainik Media Pvt. Ltd. | दर्ता नं.: 4290-2080/2081 | Banke | +977 9768462390 | surakshyarastriyadainik@gmail.com | विज्ञापन: marketing@surakshyarastriyadainik.com
हाम्रो टोली
प्रधान सम्पादक
सुरेश शाही
अध्यक्ष
सुर्य तिवारी
प्रमुख कार्यकारी
अपडेट हुँदै छ...
सम्पादक
अपडेट हुँदै छ...
निर्देशक
अपडेट हुँदै छ...
Copyright © 2026 Surakshyarastriyadainik Media Pvt. Ltd. All Rights Reserved.
Design & Developed by: E-Imagine Infotech