Surakshya Rastriya Dainik
बुधबार, १६ सेप्टेम्बर २०२६
ट्रेण्डिङ

 

काठमाडौं। आफूलाई प्रहरी कर्मचारी भन्दै सर्वसाधारणलाई धम्क्याएर रकम असुल्ने तथा लुटपाटका घटनामा संलग्न रहेको आरोपमा एक युवक पक्राउ परेका छन्।

जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार नुवाकोटको तादी गाउँपालिका–१ स्थायी घर भई हाल काठमाडौं महानगरपालिका–३ बस्दै आएका २४ वर्षीय साजन प्याकुरेललाई प्रहरीले नियन्त्रणमा लिएको हो।

प्रहरीका अनुसार प्याकुरेलले विभिन्न स्थानमा आफू प्रहरी भएको परिचय दिँदै सर्वसाधारण तथा लागूऔषध दुर्व्यसनीहरूलाई प्रलोभनमा पार्ने, धम्क्याउने तथा रकम असुल्ने कार्य गर्दै आएका थिए। उनी लुटपाट र कुटपिटका घटनामा समेत संलग्न रहेको आरोप लगाइएको छ।

यस्तै, विभिन्न व्यक्तिलाई फोन गरी अश्लील शब्द प्रयोग गर्दै गालीगलौज गर्ने तथा मानसिक दुःख दिने गरेको उजुरी प्राप्त भएपछि प्रहरीले उनको खोजी तीव्र बनाएको थियो।

विशेष सूचनाका आधारमा खटिएको प्रहरी टोलीले उनलाई जेठ १८ गते काठमाडौंको टोखा नगरपालिका–३ स्थित चण्डेश्वरी क्षेत्रबाट पक्राउ गरेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ।

पक्राउ परेका प्याकुरेलमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। साथै, कुनै व्यक्तिले आफू प्रहरी भएको भन्दै अनधिकृत रूपमा रकम मागे वा धम्क्याउने कार्य गरेमा तत्काल नजिकको प्रहरी कार्यालयमा जानकारी गराउन प्रहरीले सर्वसाधारणलाई आग्रह गरेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

सम्पर्क जानकारी
Surakshya Rastriya Dainik Media Pvt. Ltd. | दर्ता नं.: 4290-2080/2081 | Banke | +977 9768462390 | surakshyarastriyadainik@gmail.com | विज्ञापन: marketing@surakshyarastriyadainik.com
हाम्रो टोली
प्रधान सम्पादक
सुरेश शाही
अध्यक्ष
सुर्य तिवारी
प्रमुख कार्यकारी
अपडेट हुँदै छ...
सम्पादक
अपडेट हुँदै छ...
निर्देशक
अपडेट हुँदै छ...
Copyright © 2026 Surakshyarastriyadainik Media Pvt. Ltd. All Rights Reserved.
Design & Developed by: E-Imagine Infotech