ट्रेण्डिङ

महोत्तरी। महोत्तरीको सोनमा गाउँपालिकामा चोरी गर्ने उद्देश्यले घरभित्र प्रवेश गरेका लुटेराहरूको प्रतिवाद गर्दा एक दम्पतीमाथि गोली प्रहार भएको छ। घटनामा श्रीमान्–श्रीमती दुवै जना गम्भीर घाइते भएका छन्।
मंगलबार राति सोनमा गाउँपालिका–३ खखना दक्षिणबारी टोलस्थित २७ वर्षीय रामईश्वर यादवको घरमा ५–६ जनाको लुटेरा समूह प्रवेश गरी चोरी गर्ने प्रयास गरेको प्रहरीले जनाएको छ।
घरभित्र अपरिचित व्यक्तिहरू देखेपछि रामईश्वर यादव र उनकी २२ वर्षीया श्रीमती किरण यादवले प्रतिवाद गरेका थिए। प्रतिवादका क्रममा लुटेरा समूहले दम्पतीमाथि गोली प्रहार गरेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ।
गोली लागेर गम्भीर घाइते भएका दुवै जनालाई तत्काल उद्धार गरी स्थानीय स्वास्थ्य संस्थामा प्रारम्भिक उपचार गरिएको थियो। थप उपचारका लागि उनीहरूलाई जनकपुरस्थित अस्पताल पठाइएको प्रहरीले जानकारी दिएको छ।
घटनाको जानकारी पाएलगत्तै पुगेको प्रहरी टोलीले घटनास्थलको निरीक्षण तथा खानतलासी गरेको थियो। सो क्रममा एक थान गोलीको खोका बरामद गरिएको प्रहरीले जनाएको छ।
घटनामा संलग्न लुटेराहरूको पहिचान अझै खुल्न नसकेको र उनीहरूको खोजी कार्य तीव्र पारिएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ।
प्रहरीले घटनाबारे थप अनुसन्धान जारी रहेको जनाएको

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

सम्पर्क जानकारी
Surakshya Rastriya Dainik Media Pvt. Ltd. | दर्ता नं.: 4290-2080/2081 | Banke | +977 9768462390 | surakshyarastriyadainik@gmail.com | विज्ञापन: marketing@surakshyarastriyadainik.com
हाम्रो टोली
प्रधान सम्पादक
सुरेश शाही
अध्यक्ष
सुर्य तिवारी
प्रमुख कार्यकारी
अपडेट हुँदै छ...
सम्पादक
अपडेट हुँदै छ...
निर्देशक
अपडेट हुँदै छ...
Copyright © 2026 Surakshyarastriyadainik Media Pvt. Ltd. All Rights Reserved.
Design & Developed by: E-Imagine Infotech