Surakshya Rastriya Dainik
बुधबार, १६ सेप्टेम्बर २०२६
ट्रेण्डिङ

काठमाडौं । नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दानबहादुर कार्की ले साङ्गठानिक शुद्धीकरण तथा सुदृढीकरणलाई प्राथमिकतामा राखेर जिम्मेवारी निर्वाह गर्न प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) हरूलाई निर्देशन दिएका छन्।
हालै सरुवा भई नयाँ कार्यक्षेत्रमा जान लागेका एसएसपीहरूलाई बुधबार प्रहरी प्रधान कार्यालयमा सम्बोधन गर्दै आईजीपी कार्कीले प्रविधिमैत्री, पारदर्शी, समयसापेक्ष तथा नागरिकमैत्री सेवा प्रवाहमा विशेष ध्यान दिन आग्रह गरे। उनले नतिजामुखी कार्यसम्पादनमार्फत प्रहरी संगठनप्रति नागरिकको विश्वास अझ सुदृढ बनाउनुपर्नेमा जोड दिए।
आईजीपी कार्कीले प्राप्त जिम्मेवारीलाई पूर्ण व्यावसायिकता, इमानदारी, निष्ठा र जनमुखी भावनाका साथ निर्वाह गर्न निर्देशन दिँदै संगठनको छवि उकास्न सबै प्रहरी अधिकृतको भूमिका महत्वपूर्ण रहने बताए।
कार्यक्रममा मानवस्रोत विकास विभागका प्रमुख एआईजी राजन अधिकारी, अपराध अनुसन्धान विभागका प्रमुख एआईजी सुशीलसिंह राठौर तथा कार्य विभागका प्रमुख एआईजी उमाप्रसाद चतुर्वेदी ले पनि आफ्नो पदीय जिम्मेवारी इमानदारीपूर्वक तथा प्रभावकारी रूपमा निर्वाह गर्न निर्देशन दिएका थिए।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

सम्पर्क जानकारी
Surakshya Rastriya Dainik Media Pvt. Ltd. | दर्ता नं.: 4290-2080/2081 | Banke | +977 9768462390 | surakshyarastriyadainik@gmail.com | विज्ञापन: marketing@surakshyarastriyadainik.com
हाम्रो टोली
प्रधान सम्पादक
सुरेश शाही
अध्यक्ष
सुर्य तिवारी
प्रमुख कार्यकारी
अपडेट हुँदै छ...
सम्पादक
अपडेट हुँदै छ...
निर्देशक
अपडेट हुँदै छ...
Copyright © 2026 Surakshyarastriyadainik Media Pvt. Ltd. All Rights Reserved.
Design & Developed by: E-Imagine Infotech