ट्रेण्डिङ

बाँके। कोहलपुर नगर अस्पतालले स्वास्थ्य बीमा कार्यक्रम अन्तर्गत प्रदान गर्दै आएको औषधि वितरण तथा ल्याब सेवा अर्को निर्णय नआएसम्मका लागि स्थगित गरेको छ।
नगर अस्पताल व्यवस्थापन तथा सञ्चालन समितिको बैठकले स्वास्थ्य बीमा बोर्डले निर्धारण गरेको नयाँ सेवा दररेट अत्यन्त न्यून रहेको निष्कर्ष निकाल्दै हालको अवस्थामा सेवा सञ्चालन गर्न नसकिने निर्णय गरेको हो।
अस्पतालका अनुसार स्वास्थ्य बीमा बोर्डको मिति २०८३ जेठ ११ गतेको निर्णय तथा २०८३ जेठ १२ गते जारी परिपत्रअनुसार स्वास्थ्य बीमा कार्यक्रमको सुविधा थैली (सर्भिस प्याकेज) परिमार्जन गरिएको थियो। परिमार्जित व्यवस्थाअनुसार औषधि तथा ल्याब परीक्षणका दररेट उल्लेखनीय रूपमा घटाइएका छन्।
अस्पतालले जारी गरेको सूचनामा नयाँ दररेटमा सेवा उपलब्ध गराउँदा सञ्चालन खर्चसमेत व्यवस्थापन गर्न कठिन हुने उल्लेख गरिएको छ। सोही कारण हाललाई स्वास्थ्य बीमा अन्तर्गतका औषधि वितरण तथा ल्याब सेवाहरू स्थगित गरिएको जनाएको छ।
अस्पतालले सम्बन्धित निकायसँग आवश्यक समन्वय तथा छलफल जारी रहेको भन्दै उपयुक्त निर्णय भएपछि सेवा पुनः सञ्चालन गरिने जनाएको छ।
यस निर्णयसँगै स्वास्थ्य बीमा कार्यक्रममार्फत सेवा लिँदै आएका सेवाग्राहीहरू प्रत्यक्ष प्रभावित हुने भएका छन्। अस्पतालले सेवाग्राहीलाई पर्न गएको असुविधाप्रति क्षमायाचना गर्दै आगामी निर्णयबारे समयमै जानकारी गराइने जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

सम्पर्क जानकारी
Surakshya Rastriya Dainik Media Pvt. Ltd. | दर्ता नं.: 4290-2080/2081 | Banke | +977 9768462390 | surakshyarastriyadainik@gmail.com | विज्ञापन: marketing@surakshyarastriyadainik.com
हाम्रो टोली
प्रधान सम्पादक
सुरेश शाही
अध्यक्ष
सुर्य तिवारी
प्रमुख कार्यकारी
अपडेट हुँदै छ...
सम्पादक
अपडेट हुँदै छ...
निर्देशक
अपडेट हुँदै छ...
Copyright © 2026 Surakshyarastriyadainik Media Pvt. Ltd. All Rights Reserved.
Design & Developed by: E-Imagine Infotech