नेपालगञ्ज, बाँके । कर्तव्य ज्यान मुद्दामा फरार रहेका एक प्रतिवादीलाई बाँके प्रहरीले पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार खजुरा गाउँपालिका–७ निवासी सोनापतिया अहीरले दिएको जाहेरीका आधारमा ज्यान सम्बन्धी कसुरमा मिति २०८२ असार १३ गते कर्तव्य ज्यान मुद्दा दर्ता गरिएको थियो। उक्त घटनापछि फरार रहेका खजुरा गाउँपालिका–७ कै लजिम अहीरलाई प्रहरीले पक्राउ गरेको हो।
इलाका प्रहरी कार्यालय धनौलीबाट खटिएको प्रहरी टोलीले उनलाई असार २१ गते खजुरा गाउँपालिका–५ बाट पक्राउ गरेको जनाएको छ।
पक्राउ परेका अहीरविरुद्ध थप अनुसन्धानका लागि सम्मानित बाँके जिल्ला अदालतबाट तीन दिनको म्याद थप अनुमति लिइएको प्रहरीले जनाएको छ। हाल घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाँकेले जानकारी दिएको छ।
प्रहरी नायव उपरीक्षक तथा सूचना अधिकारी प्रतीत सिंह राठौरका अनुसार घटनाको विस्तृत अनुसन्धान जारी रहेको छ।








