Friday, October 23, 2026

ताजा अपडेट

सिन्धुली । जिल्ला प्रहरी कार्यालय सिन्धुलीले कृत्रिम बौद्धिकता (एआई) को प्रयोग गरी प्रहरीको छवि धुमिल पार्ने उद्देश्यले सम्पादित फोटो तथा भिडिओ सामाजिक सञ्जालमा सार्वजनिक गरेको आरोपमा एक युवकलाई पक्राउ गरेको छ।
प्रहरीका अनुसार जेठ १९ गते कमलामाई नगरपालिका–७ स्थित बिपी राजमार्गअन्तर्गत गडौली पुल नजिक ट्राफिक प्रहरीले नियमित चेकजाँच गरिरहेको क्रममा खिचिएको फोटो तथा भिडिओलाई एआई प्रविधिको प्रयोग गरी परिमार्जन गरिएको पाइएको थियो।
उक्त सामग्री फेसबुकमार्फत सार्वजनिक गरी प्रहरी संगठनको बदनाम गर्ने कार्यमा संलग्न रहेको आरोपमा कमलामाई नगरपालिका–१ निवासी २१ वर्षीय हर्कबहादुर स्याङ्तानलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ।
प्रहरीले स्याङ्तानमाथि अभद्र व्यवहार सम्बन्धी कसुरमा अनुसन्धान अघि बढाएको छ। यस सम्बन्धमा अदालतबाट ७ दिनको म्याद थप गरी थप अनुसन्धान भइरहेको जनाइएको छ। घटनामा प्रयोग गरिएको मोबाइल फोन समेत बरामद गरिएको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय सिन्धुलीले सामाजिक सञ्जालमा प्रसारित हुने फोटो, भिडिओ तथा अन्य सामग्रीको सत्यता पुष्टि नगरी शेयर, कमेन्ट वा त्यसका आधारमा समाचार सम्प्रेषण नगर्न सर्वसाधारणलाई आग्रह गरेको छ। प्रहरीका अनुसार अपुष्ट तथा भ्रामक सामग्रीले समाजमा भ्रम सिर्जना गर्नुका साथै व्यक्ति तथा संस्थाको प्रतिष्ठामा नकारात्मक असर पार्न सक्छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

सम्पर्क जानकारी
Surakshya Rastriya Dainik Media Pvt. Ltd. | दर्ता नं.: 4290-2080/2081 | Banke | +977 9768462390 | surakshyarastriyadainik@gmail.com | विज्ञापन: marketing@surakshyarastriyadainik.com
हाम्रो टोली
प्रधान सम्पादक
सुरेश शाही
अध्यक्ष
सुर्य तिवारी
प्रमुख कार्यकारी
अपडेट हुँदै छ...
सम्पादक
अपडेट हुँदै छ...
निर्देशक
अपडेट हुँदै छ...
Copyright © 2026 Surakshyarastriyadainik Media Pvt. Ltd. All Rights Reserved.
Design & Developed by: E-Imagine Infotech